संघका उपाध्यक्ष सोनाम लामाको लाप्राक भ्रमणः
गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले ११ डिसेम्बर देखी १३ डिसेम्बर सम्म लाप्राकको भ्रमण गर्नु भयो । उहाँले त्यहाँ संघले निर्माण गरिरहेको लाप्राक नमूना वस्ती परियोजनाको अवलोकन गर्नुका साथै त्यहाँका लाभग्राही, वडा अध्यक्ष, गाउँपालिका प्रमुख र स्थानीय सरोकारवालाहरु संग भेटघाट गर्नु भयो । उहाँले सबै सरोकारवालाहरुसंग नमूना वस्ति बारे छलफल गर्नु भएको थियो ।
यसका साथै उहाँले त्यहा कार्यरत कर्मचारीहरुलाई काममा तिव्रता दिइ जतिसक्दो चाडो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनु भयो । हाल निर्माण कार्य अन्तिम चरणमा रहेको र चाँडै नै निर्माण कार्य सम्पन्न हुने कुरा परियोजना प्रमुखले जानकारी गराउनु भएको थियो । विषम एवम प्रतिकुल मौसमका बाबजुद पनि हाल सम्म त्याहाँ रहेका कामदारहरु र नेपाली सेनाले गरेको काम प्रति संघका उपाध्यक्षले प्रशंसा गर्नु भयो ।