News

  • Home
  • News
  • कृषि मन्त्रीसंग भेटवार्ता

कृषि मन्त्रीसंग भेटवार्ता



कृषि मन्त्रीसंग भेटवार्ता

२८ नोभेम्बर २०१९ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गएको एक प्रतिनिधि मंडलले कृषि तथा पशुपंक्षी विकाश मन्त्री माननीय घनश्याम भुसाल संग  भेटवार्ता गर्यो । यस कार्यक्रममा नवनियुक्त मन्त्रीज्यूलाई बधाई दिनुकाका साथै कृषिको सम्बर्घन र प्रबर्धन बारेमा छलफल भएको थियो ।

संघका अध्यक्ष पन्तले कृषिको प्रबर्घनमा संघले गरेका गतिविधिहरु बारे अवगत गराउनु भएको थियो । उहाँले आगामी दिनमा नेपालको अर्थतन्त्रमा थप टेवा पुर्यानको लागि कृषिमा गैरआवासीय नेपालीले लगानी गर्ने बारे बताउनु भयो ।

यस कार्यक्रममा संघका अध्यक्ष  कुमार पन्त,  पूर्व अध्यक्ष तथा संरक्षक जिवा लामिछाने, सचिव गौरी राज जोशी, पुर्व सल्लाहकार डा. जुगल भुर्तेल  आइसिसिका युवा उपसंयोजक लोकराज शर्मा, कृषि कार्यदलका पूर्व संयोजक युराज गुरुङ र सचिवालयको तर्फबाट प्रमुख कार्यकरी अधिकृत डा. हेमन्त दवाडीको उपस्थिति रहेको थियो ।

सचिवालय

गैरआवासीय नेपाली संघ ।