News

President’s Visit



एनआरएनएका अध्यक्षद्वारा नेपालमा उच्चस्तरीय भेटवार्ता र छलफल

 

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेले नेपालका उच्चपदस्थ सरकारी अधिकारी, गैरसरकारी क्षेत्रका प्रतिनिधि र अन्तराष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता गरी गैरआवासीय नेपाली अभियान, लगानी, सुरक्षित आप्रवासन लगायतका बिषयमा तत्कालै गर्नुपर्ने काम र नीतिगत सुधारबार े छलफल गर्नुभएको छ ।

संबिधानसभा निर्वाचन सम्पन्न भएलगत्तै अध्यक्ष घलेले नेपालका राष्ट्रपति, मन्त्रिपरिषद्का अध्यक्ष, परराष्ट्र तथा गृहमन्त्री, श्रममन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मूख्य सचिव, श्रमसचिव, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि, अन्तराष्ट्रिय श्रम संगठन, एशियाली बिकाश बैंकका प्रतिनिधि लगायतसंग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो ।

उच्चपदस्थ सरकारी अधिकारीहरुसंगको भेटमा घलेले सफलतापूर्वक संबिधानसभा निर्वाचन सफल भएकोमा बधाई दिंदै यसपटक नेपाली जनताले संबिधान पाउने बिश्वास ब्यक्त गर्नुभयो । संबिधानमार्फत् राजनीतिक स्थायित्व भएपछिमात्र मुलुकमा गैरआवासीय नेपाली र प्रत्यक्ष बैदेशिक लगानी भित्रिन सहज हुने उहा“ले बताउनुभयो । गैरआवासीय नेपालीहरुले लामोसमयदेखि उठाउ“दै आएको नेपाली नागरिकताको निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारको अधिकारलाई नया“ संबिधानमा सुनिश्चीत गर्नसमेत उहा“ले उच्च अधिकारीहरुसंग आग्रह गर्नुभयो ।

सुरक्षित आप्रवासनका लागि सरकारले ठोस कदम चाल्नुपर्ने सुझाव दिंदै उहँ“ले बिदेशी भूमीमा अलपत्र परेका तथा अंगभगं भएका नेपालीका लागि गैरआवासीय नेपाली संघले हालै स्थापना गरेको अक्षय कोषसँग हातेमालो र साझेदारीका लागि सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो । अन्तर्राष्ट्रिय संघठनका प्रतिनिधिहरुसंगको भेटमा अध्यक्ष घलेले बैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुका लागि उद्यमशीलता बिकाश तथा सूचनाको आदान प्रदान र सहकार्यका अवसरहरु
पहिचान वारेमा छलफल गर्नु भएको थियो ।
भेटवार्ताका विस्तृत बिबरणहरु–

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग भेटः
मिति १४ मंसिर, २०७० तद्अनुसार २९ नोभेम्वरका दिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसंग भेट गर्नु भयो । सो अबसरमा उहा“ले वर्तमान कार्यसमितिको पुरै अवधि (दुई वर्ष) गैरआवासीय नेपाली संघले नेपालको आर्थिक विकास र लगानी विस्तार तथा सहजीकरणका लागि आवश्यक कार्य गर्ने र उद्यमशीलता विकासमा ध्यान केन्द्रित गर्ने नीति लिएको जानकारी गराउ“दै वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउन र वैदेशिक रोजगारमा दुर्घटनामा परेकाहरुलाई सहयोग गर्नको लागि संघले एक अक्षय कोषको स्थापना गरेको सम्माननीय राष्ट्रपतिज्यू समक्ष अवगत गराउनु भयो ।

 

 

 

 

गैरआवासीय नेपाली संघले बैदेशिक रोजगारीलाई सहज, सुरक्षित र मर्यादित बनाउन सदैब पहल गर्दै आएको छ र यसै परिप्रेक्ष्यमा नेपाल सरकार, गन्तव्य मूलूक र गैरआवासीय नेपाली संघ बीच त्रिपक्षिय सम्मझौता गरी दक्षिण कोरीयामा हाल संचालन भैरहेको ईपिस प्रणाली वा सो भन्दा उत्तम विकल्प सहितको प्रणालीको बिकास गर्न सकेमा हाम्रो राष्ट्र अत्यन्तै लाभावन्नित हुने कुरा समेत दर्शाउनु भयो ।
संघले आफ्नो स्थापना कालदेखि नै “एक पटकको नेपाली सधै नेपाली” भन्ने भावनालाई आत्मसाथ गर्दै नेपाली नागरिकताको निरन्तरताको लागि विभिन्न समयमा नेपाल सरकार, राजनीतिक दलहरु र विभिन्न सरोकारवालाहरुसंग वकालत गर्द ै आएको र अब बन्ने नया“ संविधानमा नेपाली नागरिकताको निरन्तरतालाई संबोधन गरियोस भनेर सम्माननीय राष्ट्रपतिसमक्ष हार्दिक आग्रह पनि गर्नु भयो ।

शान्तीपूर्ण तथा बृहत जनसहभागीताको साथ संविधान सभाको निर्वाचन सम्पन्न भएकोमा बधाई दिंदै आगामी दिनमा नेपालीहरुले सर्वमान्य संविधान पाउने, संविधानले गैरआवासीय नेपालीहरुको भावना र चाहानको संबोधन गर्ने तथा राष्ट्र आर्थिक समृद्धितर्पm अग्रसर हुनेमा गैरआवासीय नेपालीहरु विश्वस्त रहेका र नेपालको समृद्धिको लागि सहकार्यमा हातेमालो गर्न सदा तत्पर रहेको सम्माननीय राष्ट्रपतिज्यूमा अवगत गराउनु भयो ।
सम्माननीय राष्ट्रपतिज्यूले हामी सम्पन्नता बाट बिपन्नता तिर लम्कीरहेकाछौं भन्द ै पटपटक प्रजातन्त्रको उपभोग गरी आङ्खनो संविधान आफैं निर्माण गर्न असफल भएको सन्र्दभ उठायनुभयो । नेपाली जनताले स्पष्ट मत दिई संविधानका लागि आतुर रहेको प्रष्ट भई सकेको अवस्थामा संविधान निर्धारित समयमै आउने तथा राष्ट्र आर्थिक उन्नतीतिर लम्कने बिश्वास ब्यक्त गर्दै यसमा सहभागी हुन तथा नेतृत्व गर्न गैरआवासीय नेपालीहरुलाई आव्हान गनर्भु यो ।

सम्माननीय राष्ट्रपतिज्यूले नेपालमा प्रचुर मात्रामा सम्भावनाहरु भएको तर सिस्टम नभएकोले यसबाट फाईदा लिन असक्षम भएको औंलाउनु भयो । आज विश्वका समृद्ध राष्ट्रहरु व्यक्ति वा पार्टीका कारण नभई त्यस देशमा भएको सिष्टम र त्यसप्रतिका े आस्थाका कारण समृद्ध भएका हुन भन्दै उहा“ल े अब हामीले पनि सिस्टम (पद्धति) को पहिचान र विकास गर्नु पर्ने बताउनुभयो । यसै सन्दर्भमा गैरआवासीय नेपालीहरु विश्वका विभिन्न मूलूकहरुसंग परिचत तथा त्यसका पद्धतिहरुबारे जानकार भएकाले यस क्षेत्रमा धेरै सहयोगको अपेक्षा गरेको बताउनुभयो । आफू पहिलदे ेखि नै गरैआवासीय नेपालीहरुका विषयमा जानकार रहेको र आपूmले गैरआवासीय नेपालीहरुलाई मातृभूमि प्रति आकर्षण गर्दै प्रगाढ सम्बन्ध कायम राख्न सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

गैरआवासीय नेपाली संघप्रति चासो राख्दै उहा“ले दुई बर्षको कार्यअबधि निकै कम हुने र कार्यसमितिले काम गर्ने समय नपाउने र संघको कार्यक्षमतामा समेत प्रभाव पार्ने हुनाले कार्यअवधि बढाउनेतिर सोच्न पनि सम्माननीय राष्ट्रपतिज्यूले सुझाव दिनुभयो ।

सम्माननीय मन्त्रीरिषदका अध्यक्ष श्री खिलराज रेग्मीसंग भेटः

मिति १२ मंसिर, २०७० तद् अनुसार २७ नोभेम्वरका दिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले सम्माननीय मन्त्रीरिषदका अध्यक्ष खिलराज रेग्मीसंग भेट गर्नु भयो । उहा“को नेतृत्वमा शान्तीपूर्ण तथा बृहद जनसहभागीताको साथ संविधान सभाको निर्वाचन सम्पन्न भएकोमा बधाई दिंदै विश्व सामु सारा नेपालीहरुको शिर ठाडो पारिदिनुका साथै भरोसा, हौसला र आशा पैदा गराई दिनु भएकोमा गैरआवासीय नेपालीहरुका तर्फवाट हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो । गैरआवासीय नेपाली संघ नेपालमा दर्ता भएकोले थप जिम्मेवारी र अवसरहरु सिर्जना गरेको र नेपाली जनता, नेपाल सरकार तथा नीजि क्षेत्रसंग समन्वय र सहकार्य गरेर समृद्ध नेपाल निमार्णमा सहभागी हुन गैरआवासीय नेपालीहरु तयार रहेको उहा“ल े वताउनु भयो । यसै अवसरमा गैरआवासीय नेपालीहरुका सरोकारका बिषयहरुका बारेमा सम्माननीय मन्त्रीरिषदका अध्यक्ष श्री खिलराज रेग्मीलाई अवगत गराउनु भयो ।

 

सो अवसरमा सम्माननीय मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सम्पन्न संबिधान सभा निर्वाचन नेपाली जनताजनाद्र्धनको जित हो र यसले नेपाली जनताले आफैं संबिधान वनाउन गुमाएको पहिलो अवसरलाई पुर्नस्थापित गरिदिएकोमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिन चाहन्छु भन्नु भयो । विश्वभरि छरिएका नेपालीहरुबाट आफूले धरै अपेक्षा राखेको तर विदेशमा पनि नेपालीहरु माझ बिभाजित मनस्थिति देख्दा आफू निकै चिन्तित भएको वताउनु भयो । अवसरको खोजिमा विभिन्न मुलकु हरुमा आफ्ना े श्रम र सीप बिक्री गरीरहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको व्यवस्थित र सुरक्षित आप्रवासनप्रति नेपाल सरकार गम्भिर रहेको र यसमा गैरआवासीय नेपाली संघको भूमिका उल्लेख्य हुन सक्ने कुरा औंल्याउनु भयो । मातभृ ूमिप्रति अगाध माया र आस्था राख्ने सम्पूर्ण गरै आवासीय नेपालीहरुप्रति धन्यवाद व्यक्त गर्दै सम्पूर्ण गरैआवासीय नेपालीहरुलाई शुभकामना दिनु भयो । अन्त्यमा उहा“ले अध्यक्ष घलेको कार्यकालमा संघले नया“ तथा दिगो कार्यहरु कार्यान्वयनमा ल्याउन सकोस भनेर शुभकामना समेत व्यक्त गर्नु भयो ।

माननीय गृह तथा परराष्ट्र मन्त्रीसंग भेटः

मिति १० मंसिर, २०७० तद्अनुसार २५ नोभेम्वरका दिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले माननीय गृह तथा परराष्ट्र मन्त्री माधवप्रसाद घिमिरसे ंग भेट गरी सर्वप्रथम, गैरआवासीय नेपाली संघको तर्फबाट छैटौं गैरआवासीय नेपाली विश्व सम्मेलनको उच्चस्तरिय आयोजक समितिको अध्यक्षता ग्रहण गरी सफलतापूर्वक सम्मलेन सम्पन्न गर्न पु¥याउनु भएको सहयोग प्रति कृतज्ञता व्यक्त गर्नु भयो । संघको दर्ता प्रकृयामा पनि त्यस मन्त्रालयबाट पाएको सुझाव र सहयोगप्रति पनि आभार प्रकट गर्नु भयो ।

छैटौं गैरआवासीय नेपाली संघको अन्तर्रािष्ट्रय महाधिवेशनबाट चयन गरिएको कार्यसमितिको पहिलो वैठकले ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै दीगो आर्थिक विकासलाई नेपालको गरिवी निवारणको मुख्य अस्त्रका रुपमा ठहर गरेको कुरा जानकारी गराउ“र्दै बर्तमान कार्यसमितिको पुरै अवधि (दुई बर्ष) गैरआवासीय नेपाली संघले नेपालको आर्थिक बिकास र लगानी विस्तार तथा सहजीकरणका लागि आवश्यक कार्य गर्ने र उद्यमशीलता बिकासमा ध्यान केन्द्रीत गर्ने नीति लिएको अवगत गराउनु भयो ।
यसै अवसरमा संघको तर्फबाट गैरआवासीय नेपाली परिचय पत्र र त्यसले प्रदान गरेका व्यवस्थाको उपभोग, विदेशस्थित नेपाली नियोग तथा तीनले उपलब्ध गराएका सेवा सम्बन्धमा, गैरआवासीय नेपाली परिचय पत्र लिएका नेपाली मूलका विदेशी नागरिकका अध्यागमन अधिकार र सुविधा सम्बन्धमा, नेपालको निर्वाचनमा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई मतदाता परिचय पत्र उपलव्ध गराई सहज रुपमा मताधिकार सुनिश्चत गराउने प्रावधान सम्बन्धमा तथा विविध बिषयहरुमा छलफल गर्नु भयो ।

 

 

सो अवसरमा माननीय गृह तथा परराष्ट्र मन्त्रीले मन्त्रालयल े गैरआवासीय नेपालीहरुका बिषयहरुमा सहयोगात्मक तथा सहजकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको र हालको परिवेशमा नेपाल सरकार तथा सम्पूर्ण नेपालीहरुले नेपालको समृद्धिमा गैरआवासीय नेपालीहरुको योगदानको ठूलो आशा गरेका समेत औंलाउनु भयो । भेटमा उपस्थित मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुलाई तत्काल समाधान गर्न सकिने संघका सुभावहरुको संवोधन गर्न तथा आवश्यक परेमा निर्णायार्थ मन्त्रिपरिषद्मा पेश गनर्स मेत निर्देशन दिनु भयो ।
अन्त्यमा, दोसा्रे संविधान सभाको निर्वाचन सफलता पूर्वक बृहत जनसहभागिताका साथ सम्पन्न भएकोमा सम्पूर्ण मन्त्री परिषदका सदस्यहरुलाई संघको तर्पmबाट अध्यक्ष घलेले वधाई दिनु भयो । आगामी दिनमा नेपालीहरुले सर्वमान्य संविधान पाउने, संविधानले गैरआवासीय नेपालीहरुको भावना र चहानाको पनि संवोधन गर्ने तथा मुलुक आर्थिक समृद्धितिर अग्रसर हुनेमा गैरआवासीय नेपालीहरु विश्वस्त रहेका र सहकार्यमा हातेमालो गर्न तत्पर रहेका अवगत गराउनु भयो ।

माननीय श्रम तथा रोजगारमन्त्रीसँग भेटः

मिति १२ मंसिर, २०७० तद् अनुसार २७ नोभेम्वरका दिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले माननीय श्रम तथा रोजगार, कानुन न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री हरिप्रसाद न्यौपाने तथा श्रम तथा रोजगार सचिव सुरेशमान श्रेष्ठसंग भेट गर्नु भयो । भेटमा संघका अध्यक्षले गैरआवासीय नेपाली संघ बैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुका समस्याहरु प्रति अत्यन्तै संवेदनशिल रहेको र यसलाई सहज, सूरक्षित र मर्यादित वनाउन सबै सरोकारवालाहरु संग सहकार्य गर्न अग्रसर रहने अवगत गराउ“दै शान्तीपूर्ण तथा बृहद जनसहभागीताका साथ संविधान सभाको निर्वाचन सम्म्पन्न गर्न सफल हुनु भएकोमा मन्त्रीज्यूलाई संघका तर्फबाट बधाई दिनु भयो । यसै अवासरमा संघको नया“ कार्यसमितिको कार्ययोजना बारे जानकारी गराउ“द ै संघका तर्फबाट बैदेशिक रोजगारीसंम्बन्धि केहि सुझावहरु समेत पेश गर्नु भयो । संघले अघि सारेका उद्यमशीलताको प्रवद्धर्न तथा राहत कोषबारे जानकारी गराउ“दै सहकार्य र समन्वयको लागि अनुरोध गर्नु भयो ।

 

 

माननीय मन्त्रीज्यूले गैरआवासीय नेपाली संघ नेपालमा विधिवत दर्ता भएकोमा वधाई दिंदै संघको का“धमा थप जिम्मेवारी र दायित्व बढेको स्मरण गराउनु भयो । यस अवसरमा मन्त्रीज्यूले रोजगारीको लागि विदेश जाने बढ्दो प्रचलनले नेपालको ग्रमीण भेगमा असहज परिस्थिति उत्पन्न गरेको र यूवाहरु विदेश गएका छन् भने उनीहरुका परिवार गाउ“ छोडि शहर पसेकाले खेत बा“झो छन् तथा बृद्धहरु मात्र गाउ“मा बा“कि रहेका बताउनु भयो । यस परिस्थितिबाट पार लगाउन गैरआवासीय नेपाली संघलाई अनुरोध गर्दै संघको उद्यमशीलता बिकास अभियानले केहि हदसम्म यस समस्याको समाधान गर्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

यसै अवसरमा संघका अध्यक्षको जिज्ञाशाहरुको उत्तर दिंदै श्रम तथा रोजगार सचिव सुरेशमान श्रेष्ठले नेपाल सरकारले वैदेशिक रोजगार सम्बन्धि सेवाहरु बिकेन्द्रीकृत गरी ग्राहकमूखि बनाउन मलेसिया, कतार र साउदी जानेका लागि अलग अलग कार्यालयहरु स्थापना गर्ने तथा देशका विभिन्न भागमा समेत बैदेशिक रोजगारका कार्यालयहरु स्थापना गर्न लागेको अवगत गराउनु भयो । यसका साथै बार कोडको ९द्यबच अयमभ० व्यवस्था द्वारा वैदेशिक रोजगारीमा जाने प्रकृया सरलकृत गर्दै विद्युतिय सूचना प्रणालीको स्थापना गरेको पनि जानकारी गराउनु भयो । संघले स्थापना गरेको रहात कोष एकदम सान्र्दर्भीक भएको र बैदेशिक रोजगार प्रवर्धन बोर्डको सहयोगको सम्भावनासमेत औंल्याउनभु यो । सचिव श्रेष्ठले गैरआवासीय नेपाली संघसंग बैदेशिक रोजगारीका बिषयमा श्रम मन्त्रालय समन्वय र सहकार्य गर्न सदैव तयार रहेको बिश्वास पनि दिलाउनु भयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा एनआरएन सल्लाकार बोर्डका अध्यक्षसंग भेटः

मिति १३ मंसिर, २०७० तद् अनुसार २८ नोभेम्वरका दिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा एनआरएन सल्लाहकार बोर्डका अध्यक्ष रविन्द्रकुमार शाक्यसंग भेट गर्नुभयो । यस अवसरमा अध्यक्ष घलेले गैरआवासीय नेपालीहरुका सरोकारका बिषयहरु उपाध्यक्षज्यू समक्ष प्रस्तुत गर्दै एनआरएन सल्लाहकार बोर्डको गठन स्थायी वा अस्थायी प्रकृया हो भन्ने प्रश्न बारे जिज्ञासा राख्नु भयो । साथै उहा“ले समय तालिका निर्माण गरी सोअनुसार बैठक आयोजना गरिएमा सहभागीताको सुनिश्चिता हुने कुरामा जोड दिनु भयो । यस बोर्डमा नेपाल सरकारका विभिन्न मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु सदस्य रहेकाले यसको प्रभावकारीता र उपयोगीता आझ बढी हुने कुरा समेत व्यक्त गर्नु भयो ।

अध्यक्ष घलेले गैरआवासीय नेपाली ऐन २०६४ तथा नियमावाली २०६६ ले प्रावधान गरेका व्यवस्था उपभोगमा परेका कठिनाईहरुप्रति माननीय उपाध्यक्षलाई जानकारी गराउ“दै उपयुक्त निकासका लागि समेत अनुरोध गर्नुभयो । अस्पष्टताका कारण नियमावली कार्यान्वयनमा एकरुपता कायम हुन नसकेको र एकै प्रकारका समस्यामा फरक–फरक निर्णयहरु दिईने जानकारी गराउनु भयो । गैरआवासीय नेपालीहरुको नेपाली नागरिकताको निरन्तरताको सम्बन्धमा जानकारी गराउ“दै अब बन्ने संबिधानले यसको संवोधन गर्नेमा आशावादी रहेको बताउनुभयो ।

 

 

उपाध्यक्षज्यूले, गैरआवासीय नेपाली संघ विधिवत दर्ता भएकोमा वधाई दिनु भयो र सल्लाहकार बोर्ड गैरआवासीय नेपाली ऐन २०६४ दफा १५ अनुरुप मन्त्रीपरिषदको निर्णय बमोजिम गठन गरिएकोले यो स्थायी प्रकृतिको संयन्त्र रहेको जानकारी गराउनुभयो । गैरआवासीय नेपालीका समस्याहरु समाधानमा बोर्ड सधै सकारात्मक रहने जानाकारी गराउ“दै छिट्टै बोर्डको बैठक डाकी कार्यतालिका तयार गर्ने समेत जानाकारी गराउनुभयो । आर्थिक विकासले मात्रै राष्ट्र समृद्ध हुनुका सधै नेपालमै समेत रोजगारी सृजना हुने भएकोले यसका लागि पहल गरिदिन सम्पूर्ण गैरआवासी नेपालीहरुसंग अनुरोध गर्नुभयो । अध्यक्ष घलेले वर्तमान कार्यसमितिको पुरै अवधि (दुई वर्ष) गैरआवासीय नेपाली संघले नेपालको आर्थिक विकास र लगानी विस्तार तथा सहजीकरणका लागि आवश्यक कार्य गर्ने र उद्यमशीलता विकासमा ध्यान केन्द्रित गर्ने नीति लिएको जानकारी पनि गराउनु भयो ।

नेपाल सरकारका मूख्य सचिवसंग भेटः

मिति ११ मंसिर, २०७० तद् अनुसार २६ नोभेम्वरका दिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपाल सरकारको मूख्य सचिव लिलामणि पौड्याल संग भेट गर्नु भयो । सर्वप्रथम संघका अध्यक्षले नबनिर्वाचित गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय पदाधिकारीहरुको लागि नेपाल सरकारका सचिवज्यूहरु संग परिचयात्मक रात्रि भोज आयोजना गरिदिनु भएकोमा संघको तर्फबाट कृतज्ञता ब्यक्त गर्नु भयो । यस अवसरमा संघका अध्यक्षले गैरआवासीय नेपालीहरुका समसमायिक बिषयबारे सम्बन्धि मन्त्रालयमा जानकारी गराएता पनि एकमुष्ठ रुपमा ध्यानाकषर्ण तथा कार्यार्थको निम्ती मूख्य सचिवज्यु समक्ष पनि पेश गरेको जानकारी गराउनु भयो । अध्यक्षले आगामी कार्यसमितिको कार्ययोजनाबारे समेत मूख्य सचिवलाई अवगत गराउनु भयो ।

 

 

सचिवले गैरआवासीय नेपालीहरुका समस्याप्रति नेपाल सरकार सकारात्मक रहेको र सहजकर्ताको भूमिका निर्वाह गर्न आपूm संधै प्रयत्नसिल रहने अवगत गराउनु भयो । यसै अवसरमा उहा“ले गैरआवासीय नेपालीहरु तथा संघले बैदेशिक रोजगारीमा अवैध तरिकाबाट नजानु भन्ने संदेश फैलाई दिन समेत अनुरोध गर्नु भयो । राहात कोष स्थापनाको प्रसंशा गर्दै म्याचि¨ फण्डको लागि प्रयास गर्नसमेत सुझाव दिनु भयो । बैदेशिक रोजगारी प्रर्वद्धन बोर्ड र गैरआवसीय नेपाली संघले यस बिषयमा सहकार्य गर्न सकेमा यसको प्रभावकारीता अझ बढने उहा“को सुझाव रहेको थियो ।

नेपाल लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृतसंग भेटः
मिति ११ मंसिर, २०७० तद् अनुसार २६ नोभेम्वरका दिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपाल लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तसंग भेट गर्नु भयो । सो अवसरमा अध्यक्ष घलेले नेपाल लगानी वोर्डले नेपालमा लगानी भित्र्याउन पु¥याएको योगदानको कदर गर्दै लगानीमैत्री प्रकृयाहरु एकद्वार प्रणालीमार्फत अवलम्वन गर्न सुझाव दिनुभयो ।

 

 

 

कार्यकारी अधिकृत पन्तले वोर्ड मार्फत अगाडी बढाइएका परियोजनाहरु अत्यन्तै धेरै लागतका हुने र गैरआवासीय नेपालीहरुले मात्र यस्ता परियोजनाहरु संचालनमा ल्याउन गाह्रो हुने कुरा औंल्याउनु भयो । उहा“ले यस्ता परियोजनाहरुको लागि गैरआवासीय नेपालीहरुको ज्ञान, सीप र अनुभवको अत्यन्तै खा“चो भएको वताउ“दै सकिन्छ भने यस क्षेत्रमा सूचनाहरु संकलन र सम्प्रेषण गरी सहयोग गरिदिन अनुरोध गर्नु भयो । यस्तै उहा“ले बैदेशिक लगानीकर्तासंग सहकार्य गरेर वा नेपालमा भएका लगानीका अवसरहरुको प्रर्बद्धन गरी सहयोग गर्नसमेत अनुरोध गर्नु भयो ।
अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधिसंग भेटः

मिति ११ मंसिर, २०७० तद् अनुसार २६ नोभेम्वरका दिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले अन्तर्राष्ट्रिय श्रम संगठनका नेपालस्थित प्रतिनिधि झोसे असालिनोसंग भेट गनर्भु यो । सो अवसरमा अध्यक्ष घलेले गैरआवासीय नेपाली संघ र त्यसको उदेश्यबारे प्रकाश पर्दै भेटघाटको मख्ु य उदेश्य सूचना आदान प्रदान र सहकार्यको अवसर पहिचान गर्नु रहेको प्रस्टाउनुभयो ।