News

  • Home
  • News
  • NRNA Sports Academy स्थापना हुने

NRNA Sports Academy स्थापना हुने



शुक्रबार एनआरएनएको बालुवाटार स्थित सचिवालयमा आयोजित पत्रकार सम्मेलन माझ अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष भवन भट्ट र अन्तर्राष्ट्रिय समन्वय परिषद युवा संयोजक सुदन थापाले संयुक्त रुपमा गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानको स्थापनाको औपचारिक घोषणा गर्दै लोगो सार्वजनिक गरेका छन् | संघको छ वटै क्षेत्रलाई प्रतिनिधित्त्व गर्ने गरि लोगोमा छ वटा रिंग राखिएको छ | साथै सो सम्मेलनमा संयोजक थापाले संघको आगामी नवौं साधारण सभा तथा विश्व सम्मेलनमा युवा तथा खेलकुद समितिले आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् | सार्वजनिक गरिएको तालिका अनुसार आगामी अक्टोबर ११ मा परेको एनआरएनएको सोह्रौं स्थापना दिवसका दिन “NRNA Heritage Walkathon-2019” कार्यक्रम स्वयम्भुनाथ देखि पशुपतिनाथ सम्म आयोजना हुँदैछ |

 

 

अक्टोबर १३ मा “1st NRNA Golf Championship” आयोजना हुने भएको छ | साथै अक्टोबर १४ मा एनआरएनए सचिवालयमा “1st NRNA Sports Meet-Connecting ” आयोजना हुँदैछ | सोही दिन “4th NRNA Futshal Competition-2019” तथा “1st NRNA Painting Exhibition” आयोजना हुने जानकारी गराइएको छ | सो सम्मेलन मार्फत कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ |