गैरआवासीय नेपाली दिवस २०२०
सदा झै गैरअवासीय नेपाली दिवसको उपलक्षयमा संघले आयोजना गर्ने गरेको पशुपतिनाथ र स्वयम्भूनाथको पूजा कोरोना कहरको कारण अलिक फरक र सिमित संख्याको उपस्थितिमा सम्पन्न गरियो ।
पशुपतिनाथको चारै ढोका बन्द रहेको र नित्य पुजा बाहेक अन्य पुजा गर्न रोक लगाएको अवस्थामा संघको अनुरोधमा पशुपतिनाथका पुजारीहरुले संघ तथा गैरआवासीय नेपालीहरुको नाममा पुजा गरी संघका प्रतिनिधिलाई प्रसाद हस्तान्तरण गरेको छ ।
स्वयम्भूनाथमा लाख बत्ती बाल्ने संघको प्रचलन अनुसार स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुको सुस्वास्थ्य, सम्बृद्धि र सारा विश्व नै कोरोना मुक्त होस भन्ने कामना सहित पुजा सम्पन्न गरियो ।
गैरआवासीय नेपाली दिवसको उपलक्षयमा सबैलाई मंगलमय शुभकामना ।
गैरआवासीय नेपाली संघ सचिवालय,
काठमण्डौं ।
११ अक्टोवर, २०२० ।