भूकम्प पिडीतलाई राहत बितरण गर्न एनआरएन टोली सिन्धुपाल्चोक तर्फ
भूकम्प पिडीतलाई अत्याबश्यक राहत बितरण गर्न गैरआवासीय नेपाली संघको टोली बिहीबार काठमाण्डौबाट सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेको छ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आह्वानमा रकम संकलन अभियानमा सहभागी हुँदै काठमाण्डौ आइपुगेका एनआरएन अगुवाहरु र स्वयंसेवकहरु टोलीमा सहभागी छन् । बिभिन्न ७ जिल्लामा राहत बितरण गर्ने गैरआवासीय नेपाली संघको योजनाअनुसार पहिलो जिल्लाका रुपमा सवैभन्दा क्षति पुगेको सिन्धुपाल्चोकको चनौटेमा राहत बितरण गर्न लागिएको हो ।
सो टोलीको नेतृत्व गैरआवासीय नेपाल संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, वैदेशिक रोजगारी तथा आप्रवासी कामदार कल्याणकारी समितिका उपाध्यक्ष तथा राष्ट्रिय समन्वय परिषद बहराइनका निवर्तमान अध्यक्ष श्याम तामाङ्गले गर्नुभएको छ । टोलीमा अष्ट्रेलियाबाट आएका १५ जना नर्स तथा स्वास्थ्य स्वयंम सेवकहरु तथा दुई जना डाक्टरहरु समावेश छन् । टोलीले १००० थान त्रिपाल, २००० थान कम्मल, ५०० कार्टून चाउचाउ, १००० केजी चिउरा तथा प्रथामिक तथा आवश्यक औषधी र स्यानिटेशनका समानहरु वितरणको लागि लगेका छन् ।
टोलीले भोलिदेखि संघका अध्यक्ष शेष घले तथा अन्य पदाधिकारीहरुको उपस्थितिमा राहतका सामाग्री वितरण गर्नुका साथै स्वास्थ्य शिविर संचालन गर्ने छ । सो टोली उक्त स्थानमा चार दिन सम्म रहेन छ र आसपासका क्षेत्रहरुमा समेत स्वस्थ शिविर संचालन गर्ने छ । गैरआवासीय नेपाली संघले नेपालका भूकम्प पिडीत नेपालीलाई राहत प्रदान गर्न आह्वान गरेपछि संसारभर छरिएर रहेका नेपालीहरुले झण्डै १० करोड रुपैयाँ संकलन गरेर राहत प्रदान गर्ने तयारी थालेका हुन् ।
टोलीमा समावेश डाक्टर, नर्स तथा स्वयंमसेवीहरु–
डाक्टरहरु:
- डा. विदुर ढकाल – नेपाल,
- डा. जयराम केसी – नेपाल,
नर्सहरु:
- प्रतिमा कार्की – अष्ट्रेलिया
- नीति श्रेष्ठ – अष्ट्रेलिया,
- किमान्द नूरे – अष्ट्रेलिया,
- सुनिता थापा – अष्ट्रेलिया
- वलराम घिमिरे – अष्ट्रेलिया,
- भूमा लिम्बू – अष्ट्रेलिया,
- योगिता शर्मा – अष्ट्रेलिया,
- नाम सूब्बा – अष्ट्रेलिया,
- बर्षा बिष्ट – अष्ट्रेलिया,
स्वयंम सेवकहरु:
- दिपिन वनिया – अष्ट्रेलिया,
- सन्दिप घिमिरे – अष्ट्रेलिया,
- गोविन्द – अष्ट्रेलिया,
- विमल श्रेष्ठ – अष्ट्रेलिया,
- क्रिपम श्रेष्ठ – अष्ट्रेलिया,
- वसन्ती थापा – अष्ट्रेलिया
गैरआवासीय नेपाली संघ सचिवालय, काठमाण्डौं ।