Taskforces And Subcommittees

NRN Nepal Investment Fund Limited



एन.आर.एन. नेपाल डेभलमेन्ट फण्ड लिमिटेड दर्ता

३० मार्च २०२१ ।

एन.आर.एन. नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड कम्पनी राजिष्ट्राड कार्यालयमा आज विधिवत रुपमा दर्ता भएको छ ।यस कम्पनीको रु. १० अर्ब बराबरको लगानी कोष रहेको छ । यस कोषमा नेपाल सरकारको ५ प्रतिशत लगानी रहने छ । हाल सम्म यस कोषमा २ अर्व रुपैयां भन्दा बढीको प्रतिबद्धता प्राप्त आईसकेको छ । नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने फण्डको मुख्य उद्देश्य रहेको छ । यसका साथै ८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्ष्य गरी निकट भविष्यमा नै प्राथमिकता सेयर (आईपिओ) निष्कासन हुने भएको छ । कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता प्रमाणपत्र लिनको लागि संघका उपाध्यक्ष सोनाम लामा र संघका कार्यकारी निर्देशकको सहभागीता रहेको थियो ।

 

सचिवालय

गैरआवासीय नेपाली संघ ।