Publications

  • Home
  • Publications
  • अमेरिकी भिसा (सम्पादकिय बिचार) : श्रोत गोरखापत्र (२०६३ चैत्र १)

अमेरिकी भिसा (सम्पादकिय बिचार) : श्रोत गोरखापत्र (२०६३ चैत्र १)



अमेरिका प्रवास प्रायशःले कल्पने स्वप्निल स्थान हो । जोकोही नेपालीलाई पनि कहाँ जान चाहन्छौ – भन्ने लवजमा प्रश्न सोध्ने हो भने उसले निर्धक्क र फटाफट जवाफ दिन्छ, ँअमेरिका� । केही समययता आएर अध्ययन, अध्यापन, भ्रमण र संगोष्ठीका प्रयोजनले मात्र होइन काम मार्फ दाम कमाउने सम्भावना अमेरिकालाई नै देख्ने बग्रेल्ती पाइन्छन् । यसबीच अमेरिकी सरकारका तर्फबाट नै आप्रवासी भिसा (डिभी) को प्रचलन शुरु गरे यता त त्यसको लोभ र लाभमा समाहित हुनेहरू प्रशस्त भेटिएको अवस्था देखिन्छ । अमेरिका जान मात्र चाहने तर त्यहाँ जान के कस्ता पर्ूवर्सत र भिसा तम्तयारी गर्नुपर्छ भन्ने आधारभूत जानकारीसमेत नभए पनि ँजाने� मनस्थिति भने सबैमा पाइएपछि बेलाबखत यहाँस्थित अमेरिकी दूतावासले तत्विषयक जानकारी र्सार्वजनिक गराउँदै आएको देखिन्छ । भिसाका र्सत र करारलगायत शुल्क एवं सहुलियतलाई जानकारी गराउने हेतुले दूतावास मार्फ र्सार्वजनिक हुने तथ्यले सबैलाई ध्यानाकर्षा गराउँछ नै । त्यसैको पछिल्लो अवस्थालाई मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत दूतावासले सार्वजनिक गर्‍यो । जसबारे मन्थन र विवेचना हुनु जरुरी देखिन्छ । अमेरिकी दूतावासद्वारा गराइएको जानकारी अनुसार गैर आवासीय भिसामा अमेरिका जानेले अब राजधानीभन्दा बाहिरबाट पनि आवेदन दिनसक्ने भएको पाइएको छ । आगामी चैत १८ गतेबाट लागू हुने परिवर्तित व्यवस्थाअनुसार आवेदकले विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा र नेपालगञ्जबाट नबिल बैड्ढको शाखामार्फ आवेदन बुझाउन सक्नेछन् । यति मात्र होइन अबको नयाँ व्यवस्थाअनुसार आवदेकले अब विद्युतीय भिसा आवेदन फाराम भरेर त्यसको प्रिन्टप्रति मात्र बुझाउन सक्ने र सोही मितिबाट हातले लेखिएको वा टाइप गरेको आवेदन स्वीकार नगरिनेसमेत भएको छ । यी र यस्ता नवीन व्यवस्था खासगरी अमेरिका जानका लागि भिसा भर्नेहरूको सङ्ख्या दिनानुदिन वृद्धि भएपछि व्यवस्थित गर्नका लागि प्रयोगमा ल्याइएको देखिन्छ ।

दूतावासले नै जनाएअनुसार हरेक वर्षअमेरिका जान चाहनेहरूको सङ्ख्यात्मक वृद्धि दोब्बर जस्तै रहेको पाइन्छ । सन् २००५ मा कुल १० हजार नेपालीले अमेरिका जान गैरआवासीय भिसाका लागि निवेदन दिएकोमा गतवर्षसो सङ्ख्या २० हजार पुग्नुबाट नै उपरोक्त तथ्यको पुष्ट्याइँ हुनजान्छ । गैरआवासीय भिसाका पक्षमा यो व्यवस्था गरिनुका अतिरिक्त दूतावासले विद्यार्थीहरूको हकमा भने निर्धारित अध्ययन समयभन्दा एक महिना वा सोभन्दा अघि नै आवेदन दिन अनुरोध गरिएबाट निवेदनको बढ्दो चाप स्वतः प्रस्टिन्छ । हुन त जे र जतिसुकै सहज एवं सरल उपायको व्यवस्था सम्बद्ध पक्षले गरेको र भएको दाबी गरे पनि मूलकुरो जबसम्म हामीभित्र सुषुप्त र जागृत दुवै रूपमा पातालप्रवासको लालसाले बास गर्छ, तबसम्म तदनुरूपको चाप एवं दबाब फेरि पनि केही समयपछि टड्कारो भएर प्रस्तुत हुन्छ नै । त्यसैले विदेशिने र प्रतिभापलायनको स्वरूप जिउँदो र जाग्दो रूपमा रहेसम्म थोरै समयलाई व्यवस्थित नयाँ तौरतरिका प्रभावशाली ठहरिए पनि त्यसले भिसा खोज्नेको सङ्ख्या र मोहमा भने कमी पक्कै पनि ल्याउन सक्दै-सक्दैन । भिसा प्राप्तिका सम्बन्धमा कतिपयले निराश भएर र्फकनुपर्ने अवस्थाको यथार्थ कारण भिसा प्रदान गर्ने निकायबाट प्राप्त हुन नसक्दा त्यसबाट उच्चशिक्षा अध्ययन गर्ने क्रममा अमेरिका जान उत्सुक विद्यार्थीहरूको मनोबल नराम्ररी गिर्न गएको पनि पाइएको छ । भिसा प्रदान गर्ने निकायले यसतर्फपनि पारदर्शी भूमिका निर्वाह गर्नेतर्फआवश्यक मात्रामा सजग र सचेत भूमिका निर्वाह गर्नसक्नुपर्ने आवश्यकता छ ।