President Corners

  • Home
  • President Corners
  • सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग भेटघाट

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग भेटघाट



सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग आज भेटघाट भएको छ । करिब एक घण्टाको भेटमा गैरआवासीय नेपाली समुदायको चासो र सरोकारका विषयमा विस्तारमा छलफल भयो । गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुन संसदबाट पारित गर्न भइरहेको ढिलाइप्रति उहाँको ध्यानाकर्षण गराइएको छ । साथै, दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञानसीप सम्मेलन तथा गैरआवासीय नेपालीको सामूहिक लगानी कोषको तयारीका बारेमा पनि छलफल भएको छ । हाम्रा चासो र सरोकारप्रति उहाँले आफू सकारात्मक रहेको बताउनुभएको छ। वैदेशिक रोजगारीमा रहनुभएका श्रमिकको हितका निम्ति स्थापित कल्याणकारी कोष वृद्धि गर्न संघले गरेको पहलप्रति उहाँको विशेष चासो थियो र त्यसमा नीतिगत सहजताका निम्ति सघाउने वचन पनि दिनुभएको छ । उहाँले दिनुभएको समय र व्यक्त गर्नुभएको चासो एवं सदाशयप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
 
 
कुमार पन्त 
अध्यक्ष, 
गैरआवासीय नेपाली संघ