President Corners

  • Home
  • President Corners
  • एनआरएनए अध्यक्ष कुमार पन्तद्वारा लाप्राक नमूना वस्ती अवलोकनः

एनआरएनए अध्यक्ष कुमार पन्तद्वारा लाप्राक नमूना वस्ती अवलोकनः



गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले २२ नोभेम्बरका दिन गोरखा जिल्लामा नेपाल सरकारका स्थानिय प्रतिनिधिहरु संग लाप्राक नमूना वस्ति परियोजना बारे छलफल गर्नु भएको थियो भने २३ नोभेम्बरका दिन संघको लाप्राक नमूना वस्ती परियोजनाको अवलोकन गर्नु भयो । गैरआवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा सञ्चालीत लाप्राक नमूना बस्तीको निर्माण कार्य मंसिर महिनाभित्रै सम्पन्न हुने गरी निर्माण कार्यलाई तीब्रता दिनका लागि परियोजना संग सम्बन्धित सबैलाई निर्देशन दिनु भएको छ । लाप्राकमा एनआरएनएको तर्फबाट गर्नुपर्ने निर्माणको सम्पूर्ण कार्य लगभग पूरा भएको छ । त्यहाँको मौसमको प्रतिकूलता र लाभग्राहीहरु बाट अपेक्षा अनुसार काम नहुँदा निर्माण कार्य लब्बिएको हो ।
 
पन्तले लाप्राक नमुना बस्तीलाई छिटो भन्दा छिटो कसरी सम्पन्न गर्न सकिन्छ र यसको मुख्य समस्या के हो ? समस्याको गााठो कसरी फुकाउन सकिन्छ ? भनेर पहिलो चरणमा सम्बन्धीत सरोकारवालासंग छलफल गर्नु भयो । अध्यक्ष पन्तले गोरखा जिल्लामा कार्यरत स्थानीय सञ्चारकर्मीसंग जिल्लास्तरमा लाप्राकको विषयमा उठेको प्रश्न बारे छलफल गर्नु भएको थियो ।
 
 
पन्तले लगतै गोरखाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुखसंग छुट्टाछट्टै छलफल गर्नुभयो । पन्तले सञ्चारकर्मी, नेपाली सेना, प्रजिअको राय सुझाव लिएपछि लाप्राकका लाभग्राहीसहित स्थानीय धार्चे गाउँपालिका प्रमुख, जिल्ला वन कार्यालय प्रमुख, वडाध्यक्षलगायत लाप्राक परियोजनामा जोडिएका सम्बन्धीत सरोकारवाला निकायसंग छुट्टै बृहत्त छलफल गर्नुभयो ।
 
भ्रमणका क्रममा लाभग्राहीसंग अन्तर्क्रिया समेत भएको थियो । अन्तर्क्रियमा लाभग्राहीको बास्तविक समस्या, अब चाल्नु पर्ने कदम र गर्नुपर्ने काम बारे छलफल भएको थियो । अन्तर्क्रियामा सामुदायिक वनमा रहेको काठ ल्याउने विषयमा सहमत हुँदै अबको १५ दिन भित्र शौचालय सहित जंगलबाट काठ ल्याएर घरको तला छाप्ने गरि मंसिर भित्रै निर्माण कार्य सम्पन्न गरिने प्रतिबद्धता जनाईएको थियो । स्थानीयहरुले परियोजना कार्यान्वयनमा भएको ढिलाई, स्थानीयहरुसंगको सहकार्यको अभाव, प्रयोग भएका सामानको गुणस्तर बारे चासो राखेका थिए । लाभग्राहीहरुले आफ्नो तर्फबाट हुनु पर्ने सहयोगमा कमी भएको समेत स्वीकार गर्दै अब उपरान्त पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए । 
 
अन्तर्क्रियमा अध्यक्ष पन्तले केही सामाजिक संजालमा आए जस्तो संघ परियोजना वीच मै छोडेर भाग्न खोजेको कुरामा सत्यता नभएको जानकारी दिनु भयो । गैरआवासीय नेपालीहरुको यस वस्तीमा भावना जोडिएको र संघ त्यसै छाडेर जान नसक्ने र नजाने बताउनु भयो । उहाँले गैरआवासीय नेपाली संघ स्थानीय सरकार र लाभग्राहीहरुसंग मिलेर अझ माथिल्लो स्तरमा काम गर्न तयार रहेको धारणा राख्नु भयो । नेपाल सरकार सहमति अनुसार ’हाम्रो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न भइसकेको छ’, पन्तले भन्नुभयो, ’अहिले बाँकि तला छाप्ने, शौचालय बनाउने काम सम्झौता बाहिरको हो, यद्यपी एनआरएनएले स्थानीयको माग अनुसार शौचालय बनाइरहेको हो ।’
 
’राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई गाउँपालिकाले बुझाउनुपर्ने लाभग्राही सूची बुझाउन अझै सकिएको छैन,  कतीपयको दोहोरो घर परेकाले लाभग्राहीको यकीन सूची तयार हुन बाँकि भएको पाइयो । सो विषयमा गाउँपालीकाले एक साताभित्र यर्थात सूची राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई बुझाउने आशा पन्तले गर्नु भएको छ। अध्यक्ष पन्तले मंसिरभित्र निर्माण कार्य सम्पन्न गरि औपचारिक हस्तान्तरण गर्ने तयारी भईरहेको समेत जानकारी गराउनु भयो ।
 
उक्त अन्तर्क्रियामा बोल्दै संघका नवनियुक्त प्रवक्ता डिबि क्षेत्रीले नमूना वस्तिलाई सबै मिलेर साच्चिकै नमूना बस्ति बनाउन आग्रह गर्नु भयो । अन्तर्क्रिया कार्यक्रमको अध्यक्षता गर्नु भएका धार्चे गाउँपालिकाका अध्यक्ष संतोष गुरुङले वस्ती निर्माण अन्तिम चरणमा पुगिसकेको र लाभग्राहीहरुलाई सकेसम्म नयाँ वस्तिमा छिटो सर्ने वातावरण बनाउन आफू पनि लागि पर्ने र स्थानीय सरकारको पुरा सहयोग रहने आश्वासन दिनु भयो । अनतर्क्रियमा लाभग्राहीहरुले काममा गएको वर्ष ठूलै प्रगति भएको र आफू नयाँ वस्तीमा सर्नका लागि आतुर रहेको धारणा राखेका थिए । साथै उनीहरुले प्रयोग भएका झ्याल ढोका पहिले मोडेलमा देखाईएको जस्तो नभएको बारे चासो समेत राखेका थिए । उनीहरुले आफ्नो तर्फबाट पनि केही कमीकमजोरी भएको स्वीकार्यका थिए ।
 
यस भ्रमण तथा अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त, प्रवक्ता डिबि क्षेत्री लगायत संघका प्रमुख कार्यकारी अधिकृत र सहयोगी कर्मचारीहरु लगायत संचारकर्मीहरु उपस्थिति रहेको थियो ।
 
सचिवालय
गैरआवासीय नेपाली संघ ।