News

  • Home
  • News
  • सातौं मध्यपूर्व क्षेत्रीय भेला तथा बैठक सम्पन्नः

सातौं मध्यपूर्व क्षेत्रीय भेला तथा बैठक सम्पन्नः



“गैरआवासीय नेपालीहरूको आजको आवस्यकता स्वास्थ्य सुरक्षा, सहज फिर्ती एवं रोजगारी, सामाजिक पुर्न:स्थापनाको सुनिश्चिता” (Necessity of Migrant Nepalese, Healthcare, Easy Return and Employment, Social Rehabilitation.)  भन्ने मुल विषयका साथ शुरु भएको गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय भेला एवं बैठक अक्टुबर १६ र १७ मा भर्चुअल अनलाईन मार्फत सहभागीहरुको गरिमामय सहभागीताले सम्पन्न भएको छ।

दुई दिन सम्म चलेको कार्यक्रमका विभिन्न शत्रमा प्रमुख अतिथिका रूपमा सहभागी नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालि ज्यू, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव ज्यू, यूवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा ज्यू, पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजता कोइराला ज्यू, विशिष्ट अतिथीहररू पूर्व श्रममन्त्री रमेश लेखक ज्यू, पूर्व वन मन्त्री शंकर भण्डारी ज्यू, प्रतिनिधीसभा सांसद रामकुमारी झांक्रि ज्यू, सरकारी निकायका पदाधिकारी ज्युहररू, म्यानमारका लागि नेपाली राजदुत महामहिम भिम उदास ज्यू, कतारका राजदुत महामहिम डा. नारदनाथ भारद्वाज वाग्ले ज्यू, साउदीका राजदुत महामहिम डा. महेन्द्र प्रताप सिंह राजपुत ज्यू, यूएईका राजदुत महामहिम कृष्णप्रसाद ढकाल ज्यू, बहराईनका राजदुत महामहिम पदम सुन्दास ज्यू, ओमनका राजदुत महामहिम शर्मिला पराजुली ढकाल ज्यू, कुवेतका राजदुत महामहिम दुर्गाप्रसाद भण्डारी ज्यू, मलेशियाका राजदुत महामहिम उदयराज पाण्डे ज्यू, विभिन्न क्षेत्रका विज्ञ ज्यूहरू, एनआरएनए अध्यक्ष ज्यू, संरक्षकज्यूहरू, सल्लाहकारज्यूहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीज्यूहरू, प्रायोजकज्यूहरू, आयोजक समितिका साथीहरू, प्राविधिक साथीहरू, संचारकर्मीज्यूहरु लगायत सबै पक्षको सहभागीतामा भेला सफलताका साथ सम्पन्न भएको छ ।

 मध्यपूर्वका क्षेत्रीय संयोजक प्रविण गुरुङ्ले सबैको सहयोग र सद्भावले कार्यक्रम भव्य रूमा सफल भएको र आगामी दिनहरूमा पनि यस्तै सहयोग र सद्भावको अपेक्षा गर्दै सबैलाई व्यक्तिगत तथा आयोजक समितिको तर्फबाट हार्दिक आभार प्रकट गर्नु भयो ।

 

१५ बुदे निर्णयहरु जारी गरि क्षेत्रीय भेला सम्पन्न भएको छ ।

 

मध्यपूर्व क्षेत्र ।

 

१८ अक्टोवर २०२० ।