News

  • Home
  • News
  • सहमती पत्रमा हस्ताक्षरः

सहमती पत्रमा हस्ताक्षरः



गैरआवासीय नेपाली संघ र सुशील कोईराला मेमोरियल फाउण्डेसनबीच सामाजिक एवं आर्थिक कार्यमा सहयोग र सहकार्य गर्ने सहमति भएको छ ।  ९ अप्रिल (सोमबार ) गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष भवन भट्ट र सुशील कोईराला मेमोरियल फाउण्डेसनको तर्फबाट सदस्य सचिव अतुल कोइरालाले सो सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यसैबीच सोही दिन गैरआवासीय नेपाली संघ र शेषकान्त फाउण्डेसनबीच पनि  व्यवसायिक शिक्षामा सहयोग तथा सहकार्य गर्ने सहमति भएको छ । सो सहमती पत्रमा गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष भवन भट्ट र शेषाकान्त फाउण्डेसनको तर्फबाट अध्यक्ष विशेश्वर प्रसाद ढकालले हस्ताक्षर गर्नु भयो ।

 

कार्यक्रममा अध्यक्ष भवन भट्टले दुवै संस्थाहरुसँग सामाजिक कार्यमा सहकार्य गर्न पाएकोमा खुशी प्रकट गर्नुभयो । नेपालको सामाजिक आर्थिक विकास संघले सरोकारवाला संघ संस्थासँग सहकार्य गर्ने बताउनुभयो । अध्यक्ष भट्टले व्यवसायिक तालिमबाट युवाहरुको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास  समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा सुशील कोइरला फाउण्डेसनका सदस्य सचिव अतुल कोइरालाले आफ्नो फाउण्डेसनका गतिविधिहरुबारे जानकारी गराउँदै गैरआवासीय नेपाली संघसँगको सहकार्य फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै शेषकान्त फाउण्डेसनका अध्यक्ष विशेश्वर प्रसाद ढकालले आफ्नो फाउण्डेसनका गतिविधिहरुबारे जानकारी गराउँदै गैरआवासीय नेपाली संघसँगको सहकार्यलाई एक महत्वपूर्ण कोसेढुङ्गाको संज्ञा दिनु भयो । कार्यक्रमको संचालन डा बद्री केसीले गर्नु भएको थियो । उहाँले कार्यक्रममा संघले सामाजिक क्षेत्रमा गरेका गतिविधिहरु बारे जानकारी पनि गराउनु भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष कुमार पन्त, सचिव डि.बि क्षेत्री र मानार्थ परिषदका सदस्य सुवास अधिकारी लगायत अन्य गैरआवासीय नेपालीहरुको उपस्थिति रहेको थियो ।

गैरआवासीय नेपाली संघ सचिवालय ।​