News

  • Home
  • News
  • संघका अध्यक्षद्वारा भेटवार्ता

संघका अध्यक्षद्वारा भेटवार्ता

काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटवार्ता गरी पुन:निर्माण तथा संघ र सरकारवीचको सहकार्यबारे छलफल गर्नुभएको छ । साउन २५ गते भएको भेटवार्तामा अध्यक्ष घलेले नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा गैरआवासीय नेपालीहरुका तर्फबाट बधाई दिंदै सफल कार्यकालका लागि शुभकामना ब्यक्त गर्नुभयो । ‘तपाईको नेतृत्वमा राष्ट्रले पुन:निर्माणमा गति पाउने र संविधान कार्यान्वयनको मार्ग प्रशस्त भई मुलुक क्रमश: स्थायित्व र आर्थिक सम्बृद्धितर्फ उन्मुख हुनेमा संसारभरी छरिएर रहेका गैरआवासीय नेपालीहरु आशावादी छौं’ घलेले भन्नुभयो । राष्ट्र पुन:निर्माण र सम्बृद्धिको यात्रामा गैरआवासीय नेपाली संघले गरेको सहकार्यको सम्झना गर्दै अध्यक्ष घलेले सदा झैं नेपाल सरकारसंग हातेमालो गरेर अगाडी बढ्न गैरआवासीय नेपाली तत्पर र अग्रसर रहेको बताउनुभयो । भुकम्प, नाकाबन्दी र लामो समयको राजनीतिक आन्दोलनका कारण जोखिममा रहेको मुलुकको अर्थव्यवस्था सुदृढ गर्नु र मुलुकलाई सम्बृद्धिको दिशातर्फ अग्रसर बनाउनु मुख्य चुनौती रहेको उहांले औल्याउनुभयो । यसैगरी अध्यक्ष घलेले भर्खरै सम्पन्न संघको मध्यपूर्व तथा युरोप क्षेत्रिय वैठक सम्बन्धी जानकारी गराउंदै उहांले बैदेशिक रोजगारीमा गएकाहरुका लागि सञ्चय कोषको व्यवस्था तथा नेपालमा लगानी प्रवर्द्धन गर्नेबारे भएका महत्वपूर्ण उपलब्धीहरुबारे अवगत गराउनुभयो । संघले लाप्राकमा निर्माण गर्न लागेको नमूना बस्तीको अवधारणा प्रधानमन्त्री समक्ष प्रस्तुत गर्दै संघका अध्यक्ष घलेले यसको कार्यान्वयन त्रिपक्षिय सम्झौता मुताविक गर्न संघ कटिवद्ध रहेको र गुरुयोजना बनाउने काम भई रहेको जानकारी गराउनु भयो । प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामनाको लागि धन्यवाद व्यक्त गर्दै अवको राष्ट्रिय कार्यदिशा भनेको संविधान सबैको सहभागितासहित कार्यान्वयन तथा पुनर्निर्माण नै रहेको वताउनु भयो । नेपाललाई एकताबद्ध बनाउन संविधान संसोधन गरेरै भए पनि अगाडी बढ्न सरकार तयार रहेको भन्दै उहांले त्यसपछि संविधान कार्यन्वयनको प्रकृया सुरु हुने बताउनुभयो ।

निवर्तमान सभामुख नेम्वाङले सर्वप्रथम यस महत्वपूर्ण तथा ऐतिहासिक सम्मेलनमा प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्नुभएकोमा अध्यक्ष घले तथा गैरआवासीय नेपाली संघको ९ औं क्षेत्रिय सम्मेलनका आयोजक समितिलाई धन्यवाद दिंदै निमन्त्रणा सहर्ष स्विकार गर्नुभयो । उहांले आफूले गैरअवासीय नेपालीहरुको गतिविधिहरु निकै रुचीपूर्वक अवलोकन गरिरहेको तथा नेपाली नागरिकताको निरन्तरता बिषयमा गैरआवासीय नेपालीहरुसंग धरै पटक परामर्श र छलफल गरेको स्मरण गराउंदै सम्मेलनमा आफ्नो मन्तब्यमार्फत् केहि बिचारहरु राख्ने वताउनु भयो ।

संघका अध्यक्ष र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत बीच छलफल

गैरआवासीय नेपाली संघका अध्यक्ष र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली बीच संघले लाप्राकमा निर्माण गर्न लागेको नमूना बस्तीबारे छलफल भयो । अध्यक्ष घलेले त्रिपक्षिय सम्झौता अनुसार नमूना बस्ती निर्माणमा संघ निरन्तर लागिरहेको र हाल त्यसको लागि गुरुयोजना निर्माण गर्ने कार्य भई रहेको अवगत गराउनु भयो । अध्यक्ष घलेले संघले नमूना बस्तीको लागि आवश्यक अन्य बस्तुहरुको बन्दोबस्तीको लागि बिभिन्न संस्थाहरुसंग समन्वय गरिरहेको जानकारी दिंदै आवश्यक पूर्वाधार निर्माणको जिम्मा त्रिपक्षिय सम्झौता अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भएको स्मरण गराउनु भयो ।

उहाँले संघले लाभग्राहिहरुको सहकारी खडा गरी त्यही सहकारीमार्फत पुनर्निर्माण सामुदायिक समिति बनाई  निर्माण कार्य संचालन गर्ने तथा यस समितिलाई गैरअवासीय नेपाली संघका स्वयंमसेवकहरुले सहयोग गर्ने प्रारभिक योजना रहेको समेत वताउँदै प्राधिकरणले लाभग्राहिको खातामा रकम जम्मा गर्न पर्ने भन्ने कुरा जानकारीमा आएकाले यस बारेमा प्राधिकरणको आधिकारीक धारणा माग गर्नुभयो । कार्यकारी अधिकृत ज्ञेवालीले यो एक नयाँकार्य भएकोले बिभिन्न समयमा फरक बिचार र चिन्तनले यसलाई प्रभाव पारिरहेको औंलाउँदै संघ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीच समन्वय गरी अगाडी बढेमा हरेक प्रकारका समस्याहरु समाधान गर्न सकिने बताउनुभयो ।  उहाँले सबै सहयोगकर्ताहरुलाई एकै मापदण्डमा राख्ने उदेश्य अनुसार लाभग्राहिको बैंक खातामा किस्ता अनुसार रकम जम्मा गर्ने व्यवस्था गरिएको भएता पनि आपसी छलफलमा संघले कसरी यस कार्यलाई संवोधन गर्नेछ भन्ने कुरा गुरुयोजना अनुसार जग्गाको स्वामित्व लाभग्राहिमा हस्तान्तरण भएपछि गर्न सकिने सुझाव समेत दिनु भयो । संघले अगाडी सारेको सहकारी मोडेलसंग आफू पनि सहमत भएको र यस सहकारीले दीर्घकालिन रुपमा समेत लाभग्राहिलाई आत्मनिर्भर हुने अवसर प्रदान गर्नुका साथै उद्ययमशिता बिकास गर्ने समेत वताउनु भयो । अन्त्यमा, उहाँले संघको तर्फबाट गुरुयोजना पेश गर्दा योजनाको कार्यनीति, प्रकृयागत कार्यविधि र समय तालिका सहित पेश गर्न अनुरोध गर्नु भयो ।
 
रञ्जु थापा,
प्रवक्ता,
अन्तर्राष्ट्रिय समन्वय परिषद,
गैरआवासीय नेपाली संघ ।