News

  • Home
  • News
  • संघका अध्यक्षको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत संग भेटघाटः

संघका अध्यक्षको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत संग भेटघाटः



२७ जनवरी २०२० का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले राष्ट्रिय पुनर्निर्माण  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसंग भेटघाट गर्नु भयो । उहाँले हाल सम्म भएका नमूना वस्तीका गतिविधिहरु बारे जानकारी गराउनु भयो । उहाँले नमूना वस्तिका घरहरु आगामी बैशाख १२ गते लाभग्राहीहरुलाई हस्तान्तरण गर्ने योजना अनुसार बाँकी भएका कामहरु सम्पन्न हुने गरी कार्यहरु भईरहेको समेत जानकारी दिनु भयो ।

 

 

यस भेटघाट लाप्राक नमुना वस्तीको पूर्वाधार विकाश तथा द्रुत गतिमा कार्य संचालन गर्न समिति बनाउने कुरामा छलफल भएको थियो । राष्ट्रिय पुनर्निर्माणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लाप्राक नमुना वस्तीको निर्माणलाई द्रुत गतिमा अगाडी बढाउन एक सर्वदलीय  सुपरीवेक्षण समिति र एक कार्यदल बनाउने निर्णय गरेको  जानकारी दिनु भयो । उहाँले एकीकृत बस्ती पूर्वाधार विकाशको लागि सरकारले दिने अनुदान अनुसार लाप्राकको लागि पनि छुट्याई काम अघि बढाउने प्रतिबद्धता जनाउनु भएको  छ । यस भेटघाटमा गोर्खाका  सांसद माननीय हरि अधिकारीको पनि उपस्थिति रहेको थियो ।
गैरआवासीय नेपाली संघ सचिवालय ।