News

  • Home
  • News
  • श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव संग भेटघाट

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव संग भेटघाट



३० जनवरी २०२० का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव संग भेटघाट गर्नु भयो ।

यस भेटघाटमा मुख्यतया संघले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित गर्नको लागि गरेका गितिविधिहरुका साथै विदेशमा कार्यरत नेपाली श्रमिकहरुको अवस्था र संघले स्थापना गरेको श्रमिक कल्याणकारी कोषका बारेमा जानकारी गराईएको थियो ।

यसरी नै मन्त्रीज्यूले वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित गर्नको लागि नेपाल सरकारको तर्फबाट सदैव सहयोग रहने बताउनु भयो ।

भेटघाटमा श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव विनोद केसी, संघका सल्लाहकार रामेश्वर शाहा, आइसिसि सदस्य टंक लम्साल र अर्थविद अनल भट्टराईको उपस्थिति रहेको थियो ।

 

गैरआवासीय नेपाली संघ ।