News

  • Home
  • News
  • राष्ट्रिय समन्वय परिषद् चीनद्वारा सहयोग प्रदान

राष्ट्रिय समन्वय परिषद् चीनद्वारा सहयोग प्रदान



गत् सातौं गैरआवासीय नेपाली विश्व सम्मेलनको समयमा राष्ट्रिय समन्वय परिषद् चीनद्वारा महाभूकम्प पिडितका लागि रु.१ करोड सहयोग गर्ने प्रतिवद्धता जनाए अनुसार ८,९५,६५०। (आठ लाख पन्चान्नब्बे हजार छ सय  पचास) बराबरको जीवन रक्षक औषधीका सामग्रीहरु संघ मार्फत नेपाल सरकार स्वास्थ्य विभागलाई उपलब्ध गराएको र बाँकी रकम रु. ९१,०४,३५०। (एकानन्बे लाख चार हजार तीन सय पचास मात्र) आज सचिवलायको प्रभु बैंकमा रहेको राहत कोषमा जम्मा गरी सहयोग गरेको छ । यस सम्बन्धि आज सचिवालयमा भएको एक कार्यक्रमका दौरान राष्ट्रिय समन्वय परिषद् चीनका अध्यक्ष संजय कुमार चेतानी र आइसिसि सदस्य डा. राजिव केशरीले भूकम्प पीडितको लागि सहयोग रकम संकलन बारे जानकारी गराउनु भयो । यस कार्यक्रम एनसिसि चीनका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । सो अवसरमा संघका कार्यकारी निर्देशकले राष्ट्रिय समन्वय परिषद् चीनलाई धन्यवाद दिंदै भूकम्पको बेला संघले पुराएको तत्काल राहत वितरण कार्यक्रममा पनि राष्ट्रिय समन्वय परिषद् चीनले कम्बल तथा त्रिपाल सहयोग गरेकोमा हर्दिक आभार प्रकट गर्नु भयो ।

गैरआवासीय नेपाली संघ सचिवालय, काठमाण्डौं ।

मिति : २०७३।०१।१३