News

  • Home
  • News
  • राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलिया द्वारा सहयोग प्रदानः

राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलिया द्वारा सहयोग प्रदानः



परोपकारी परियोजना अन्तर्गत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियाले नेपालका न्युन आय भएका परिवारका जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने योजना अनुसार नेपालका ९ वटा जिल्लाका विद्यालयहरुमा एक अक्षय कोष खडा गर्नको लागि प्रत्येक विद्यालयालाई रु १ लाखका दरले सहयोग प्रदान गरियो । आज सचिवालयमा आयोजना गरिएको एक कार्यक्रम वीच गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले सो रकम हस्तान्तरण गर्नु भयो । उहाँले गैरआवासीय नेपाली संघले विभिन्न एनसिसिहरुको सहयोगमा नेपालको विविध क्षेत्रहरुमा परोपकारी तथा सामाजिक कार्यहरु गरिरहेको बताउनु भयो । यसरी उहाँले भविष्यमा संघले नेपाल र विदेशमा रहेका विद्यालय वीच समन्वय गराउनको लागि मितेरी विद्यालय अवधारणा ल्याउने योजना रहेको बताउनु भयो । अन्त्यमा उहाँले यस्तो पुनित कार्यमा सहयोग गर्नु भएकोमा एनसिसि अष्ट्रेलियाका कार्य समितिका सम्पूर्ण पदाधिकार तथा सदस्यहरु लगायत सहयोग गर्नु हुने सबै प्रति हार्दिक आभार प्रकट गर्नु भयो ।

यस कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का निवर्तमान युवा संयोजक विजय पोखरेलले गर्नु भएको थियो । साथै उहाँले यो कार्यक्रम गर्नुको उदेश्य बारे जानकारी पनि गराउनु भयो ।

सहयोग गरिएका विद्यालयहरुमा श्री दुर्गा मावि – ताप्लेजुङ, राष्ट्रिय प्राथमिक विद्यालय – सप्तरी, बच्छला मावि – नुवाकोट, मंडली मावि – धादिंग, जनज्योति मावि – लम्जुङ, प्रभात प्राथमिक विद्यालय – काश्की, श्री रारा आवासीय विद्यालय – बाँके, थिगेल्नी देवी आधारभूत विद्यालय – कालिकोट र चन्द्र नाथ प्राथमिक विद्यालय बाजुरा रहेका छन् ।

 

 

आजको यस कार्यक्रम गैरआवासीय संघका अध्यक्ष भवन भट्ट लगायत ओसेनिया क्षेत्रका क्षेत्रीय उपसंयोजक लोक नाथ पौडेल, अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्नु हुने आइसिसि सदस्य उषाकिरण बारीया, अन्तर्राष्ट्रिय समन्वय परिषदका निवर्तमान युवा संयोजक विजय पोखरेल, एनसिसि रसीयाका अध्यक्ष रामेश्वर गौंतम, एनसिसि अष्ट्रलियाका पूर्व अध्यक्ष महेन्द्र ओलि, एनसिसि रसीयाका पूर्व उपाध्यक्ष सन्तोष केसी, एनसिसि जर्मनीका महासचिव टंक लम्साल, विद्यालका प्रतिनिधिहरु लगायत संचारकर्मीको उपस्थिति रहेको थियो ।

गैरआवासीय नेपाली संघ ।