News

  • Home
  • News
  • मोबाईल एप शुभारम्भ

मोबाईल एप शुभारम्भ



विदेशमा रोजगारका लागि नेपालबाट गत् दुई दशक देखी नेपाली कामदारहरु वैदेशिक रोजगारका लागि मुख्यतया मध्यपूर्वका मुलुकहरुमा जाने गरेका र यो क्रम हालमा आएर बढ्दो छ । अनुमानित करीब एक हजार पाँचसय मानिसहरु प्रत्येक दिन नेपालबाट वैदेशिक रोजगारका लागि विभिन्न मुलुकहरुमा गईरहेका छन् । कूल जनसंख्या मध्ये ३५ लाख मानिसहरु खाडि मुलुक तथा पूर्वी एशियामा वैदेशिक रोजगार अन्तर्गत कार्यरत छन् । वैदेशिक रोजगारमा जाने यी नेपाली कामदारहरु प्रस्थानको तयारीको समय र गन्तव्य मुलुकमा गईुसके पछि विभिन्न मानवीय, सामाजिक, मनोवैज्ञानिक, आर्थिकका साथै अन्य समस्याहरुबाट पीडित भईरहेका छन् ।

 

गैरआवासीय नेपाली संघले आफ्नो स्थापना काल देखी नै आफ्ना बिभिन्न राष्ट्रिय समन्वय परिषदहरु तथा कार्यदल गठन गरेर वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने तर्फ बिभिन्न क्रियाकलमहरु संचालन गर्दै विदेशमा आपतमा परेका र मृत्यु भएका व्यक्तिहरुलाई सहयोग र उद्धार गर्दै आएको छ ।अप्रयाप्त तथा अपूर्ण सूचनाहरुका कारण वैदेशिक रोजगारमा गएकाहरु बिभिन्न समस्याहरुमा परेका र जोखिमपूर्ण अवस्थामा फसेका छन् । यसै शिलसिलामा वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई वैदेशिक रोजगार सम्बन्धि अत्यआवश्यक जरुरी सूचनाहरु सरल र सहज तरिकाबाट उपलब्ध गराउने यो एपको उदेश्य रहेको छ । यस यापको माध्यमबाट लिखित रुपमा तथा ध्वनी र श्रव्यको माध्यबाट वैदेशिक रोजगारीमा जानको लागि आवश्यक प्रकृयागत कार्यहरु तथा सम्बन्धित निकायहरुकाबारेमा अवगत गराउनुका साथै प्रथम चरणमा मलेसिया, कतार र साउदी अरबबारे जान्न पर्ने केहि कुराहरु समेत समावेश गरिएको छ ।

 

 

एशिया फाउण्डसनको अनुदनामा योंग इनोभेसनको प्राविधिक सहयोगमा मोबाईल एपको बिकास गरिएको हो । यस एपको संचलनमा एशिया फाउण्डसन तथा गैरआवासीय नेपाली संघको सहकार्य रहनेछ तथा यस एपको निरन्तर बिकास र परिमार्जन गरिनेछ ।

 

 

यसको शुभराम्भ आज माननीय श्रम तथा रोगार मन्त्री श्री दीपक बोहराको प्रमुख आतिथ्यतामा होटेल र्‍याडिसनमा भएको छ । जसमा नेपाल सरकार, एशिया फाउण्डेसन, योंग इनोभेसन, वैदेशिक रोजगारमा कार्यरत व्यक्तिहरु, सरोकारवाल अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संघ संस्थाहरु, संचारकर्मीहरुका साथै गैरआवासीय नेपाली संघका अध्यक्ष डा. शेष घले, उपाध्यक्ष भवन भट्ट, हाल नेपालमा रहनु भएका आइसिसिका पदाधिकारी तथा सदस्यहरु, तथा गैरआवासीय नेपाली संघ तथा वैदेशिक रोजगारीमा आवद्ध व्यक्तिहरुको सहभागीता रहेको थियो ।

रञ्जु वाग्ले थापा

प्रवक्ता,

आईसिसि– एनआरएनए ।

१८ मई २०१६