News

  • Home
  • News
  • भिडियो प्रतियोगिता बारे जानकारी

भिडियो प्रतियोगिता बारे जानकारी



गैरआवासीय नेपाली संघले नेपाल पर्यटन प्रबद्र्धन उपसमितिको पहलमा आज सचिवालयको हलमा नेपाल पर्यटन प्रबर्द्धनका लागि एक भिडियो प्रतियोगिता आयोजना गर्न लागेको बारे संचारकर्मीहरुलाई जानकारी गरायो । यस बारे संघका सहकोषाध्यक्ष तथा नेपाल पर्यटन प्रबर्द्धन उपसमितिका संयोजक सोम नाथ सापकोटाले नेपालको पर्यटन क्षेत्रको सम्भावना तथा पर्यटकीय वस्तु र सेवालाई विश्वसामु पहिचान गराउनको लागि पर्यटन सम्बन्धी भिडियो प्रतियोगिताको आयोजना भईरहेको र सो प्रतियोगिताका विजेताहरुको घोषणा आगामी लग्जेम्वर्गमा आयोजना हुने ११औं युरोप क्षेत्रीय बैठकमा गरिने जानकारी गराउनु भयो । उक्त अन्तरक्रियामा वितरिण गरिएको प्रेस नोट यसै साथ संलग्न छ ।