News

  • Home
  • News
  • परोपकारी परियोजना अन्तर्गत सहयोग हस्तान्तरण

परोपकारी परियोजना अन्तर्गत सहयोग हस्तान्तरण



राष्ट्रिय समन्वय परिषद् बेल्जियमले परोपकारी परियोजना अन्तर्गत उपलब्ध गराएको रु. ६ लाख का साथै आफ्नो व्यक्तिगत तर्फबाट रु. १ लाख संघका अध्यक्ष शेष घलेले सचिवालयमा आयोजना गरिएको एक कार्यक्रम वीच दुवै किड्नी काम नलाग्ने भएका श्री जय सुवेदीका परिवारलाई हस्तान्तरण गर्नु भयो ।

 

कार्यक्रमको संचालन गर्दै संघका महासचिव डा. वद्री केसीले हरेक राष्ट्रिय समन्वय परिषद्ले कम्तीमा एक परोपकारी कार्य संचालन गर्नपर्ने प्रावधान अनुसार विभिन्न राष्ट्रिय समन्वय परिषद्हरुले यस्ता कार्यक्रमहरु गर्दै आएको जानकारी दिंदै सहयोग गर्नु भएकोमा राष्ट्रिय समन्वय परिषद् बेल्जियमलाई धन्यवाद दिनुभयो । सो अवसरमा राष्ट्रिय समन्वय परिषद् बेल्जियमका अध्यक्ष गंगाधर गौतमले सहयोग संकलन बारे प्रकाश पार्नु भएको थियो भने सदस्य सिता सापकोटाले यसको महत्व र औचित्य बारे जानकारी गराउनु भएको थियो ।

 

सहयोग हस्तान्तरण गर्दै संघका अध्यक्ष घलेले परोपकारी कार्यहरुमा संघले शूरुदेखिनै सहयोग गर्दै आएको र राष्ट्रमा आई पर्ने हरेक विपत्तीमा संघको सहभागीता रहेको वताउनु भयो । उहाँले कसैको ज्यानै बचाउने यस्ता पुनित कार्यमा सहभागी हुने मौका मिलेकोमा आयोजकहरु प्रति अभार प्रकट गर्दै  राष्ट्रिय समन्वय परिषद् बेल्जियमलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भयो । यस कार्यक्रममा संघका अध्यक्ष लगायत उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्री के.सी, महिला संयोजक सपीला राजभण्डारी, संरक्षक दिल बहादुर गुरुङ्ग, सल्लाहकार राधा बस्न्यात, आईसिसि सदस्य गोविन्द प्रसाद गौंतम, राष्ट्रिय समन्वय परिषद् बेल्जियमका अध्यक्ष गंगाधर गौंतम, बेल्जियमका सदस्यहरुका साथै सचिवालयको सहभागीता रहेको थियो ।

 

गैरआवासीय नेपाली संघ सचिवालय ।

मिति : ९ मार्च २०१६