News

  • Home
  • News
  • परिचयात्मक अन्तरक्रिया कार्यक्रमः

परिचयात्मक अन्तरक्रिया कार्यक्रमः



“समृद्धिको आधार कृषि, कृषि अभियानमा गैरआवासीय नेपाली” नाराको मूलभावमा कृषि प्रबर्धन समितिले आगामी कार्यदिशाको पहिचान गर्न नेपालमा रहनु भएका कृषि क्षेत्रका अभियन्ता, चिन्तक, बिष्लेषक, बिज्ञ, उद्यमी, संचारकर्मी र नीति निर्माता जस्ता बिशिष्ट ब्यक्तित्वहरु माझ आज संघको सचिबालयमा एक परिचयात्मक तथा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

 

 

बैठकबाट प्राप्त सुझाबहरुलाई समितिले आसन्न युरोपियन बैठक माझ एनआरएन समुदायसँग छलफल गर्नेछ । समितिका सँयोजकको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सचिव श्रीराम घिमिरेद्वारा सन्चालन, उपसँयोजक कपिलदेब थापाबाट स्वागत र संघका उपाध्यक्ष कुमार पन्तबाट धन्यवाद ज्ञापन गरिएको थियो । गैरआवासीय नेपालीहरुले कृषिका के कस्ता क्षेत्रमा चासो राख्न र लगानी गर्न उपयुक्त हुन्छ भन्ने कुरामा लिखत सुझाब माग्न मदन राइज्यू, डा. केशब राज अधिकारीज्यू र डा. अच्युत वाग्लेज्यूलाई अनुरोध गर्ने बारेमा बैठक सहमत भएको छ । कृषिमा लगानी भित्र्याउन तत्काल नीतिगत तहमा सुधारका लागि पहल र दबाब सृजना गर्न पनि समितिले पाइला चाल्नु पर्ने बैठकले औल्याएको छ । छोटो समयमा आयोजित यस कार्यक्रममा आफ्नो अमुल्य समय र सुझाब दिनुहुने देहायका आदरणिय ब्यक्तित्वहरु र कृषि पत्रकारज्यूहरु अनि सचिवालयका सबै सहयोगी साथीहरुमा हार्दिक धन्यवाद तथा आभार ब्यक्त  गर्दछौ ।

 

 

१.     मानानीय श्री गणेश शाह : समितिका सल्लाहाकार (पूर्व मन्त्री, बिज्ञान प्रबिधी तथा बातावरण)
२.     श्री मदन राइ : समितिका सल्लाहाकार, कृषिविद तथा परिवर्तन वाहक
३.     डा. योगेन्द्र कुमार कार्की : समितिका सल्लाहाकार, कृषि – भूमिसुधार तथा सहकारि मन्त्रालयका       सहसचिब
४.     डा. श्री बैद्यनाथ महतो : कार्यकारी निर्देशक राष्ट्रिय कृषि अनुसन्धान केन्द्र
५.     श्री जीवन प्रभा लामा : समितिका सल्लाहाकार, खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रण बिभागका पूर्व  महानिर्देशक
६.     डा. अच्युत वाग्ले : अर्थशास्त्री, बरिष्ठ पत्रकार
७.     डा. भोलामान सिंह बस्नेत : धानबाली बिज्ञ
८.     श्री पुष्पमान अमात्य : बनस्पती बिज्ञ
९.     डा. केशबराज अधिकारी : डिन – कृषि र प्राणी बिज्ञान संस्थान, त्रिभुवन विश्वाबिद्यालय
१०.    डा. बिष्णु चापागाइ : एनआरएन इजरायलका पूर्व अध्यक्ष, कृषिविद
११.    श्री निलकण्ठ तिवारी : महासचिब अष्ट ज अभियान
१२.    श्री बिष्णु गौतम : समितिका सल्लाहाकार, लक्ष्मी प्रतिष्ठान
१३.    श्री कुमार पन्त : उपाध्यक्ष एनआरएनए
१४.    श्री गोबिन्द सुबेदी : मानार्थ परिषद सदस्य
१५.    डा. हेमन्त दवाडी, प्रमुख कार्यकारी अधिकृत, गैरआवासीय नेपाली संघ सचिवालय ।
युबराज गुरुङ, सँयोजक,
कपिलदेब थापा, सहसँयोजक 
कृषि प्रबर्धन समिति
गैरआवासीय नेपाली संघ  ।