News

  • Home
  • News
  • दोश्रो चरणका लागि परराष्ट्रमन्त्रीद्वारा गैरआवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुसँग छलफल जारीः

दोश्रो चरणका लागि परराष्ट्रमन्त्रीद्वारा गैरआवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुसँग छलफल जारीः



परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीद्वारा दोश्रो चरणको कोरोना भाइरस (कोभिड–१९) ले बढी प्रभावित देशका राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुसँग प्रत्यक्ष संवाद गरेका छन् । मन्त्री ज्ञवालीले आज सोमबार मन्त्रालयबाट विदेशस्थित १६ देशका राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष, गैरआवासीय नेपालीसंघका पदाधिकारी तथा सदस्यसँग भिडियो कन्फ्रेन्स कलमार्फत् नेपाली समुदायमा कोरोना भाइरसका कारणले उत्पन्न भएका समस्याका बारेमा जानकारी लिइरहनु भएको र संवाद जारी रहेको छ ।
बैठकमा रसीया, फिनल्याण्ड, अमेरिका, बेल्जियम, चेकरिपब्लिक, न्युजी ल्याण्ड, मलेसिया, नेदरल्याण्डस, अष्ट्रिया, कुवेत क्यानाडा, साईप्रस, केन्या, हङ्कंग, कतार लागयतका अध्यक्षहरुको सहभागिता रहेको छ । यसै गरी बैठकमा परराष्ट्र मन्त्री, परराष्ट्र सचिव लगायत परराष्ट्रमन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिती रहेको थियो ।
गैरआवासीय नेपाली संघ ।