News

  • Home
  • News
  • चितवन मेडिकल कलेजसंग सहमति पत्रमा हस्ताक्षर

चितवन मेडिकल कलेजसंग सहमति पत्रमा हस्ताक्षर



२६ जुन २०१८ का दिन गैरआवासीय नेपाली संघ र चितवन मेडिकल कलेज वीच एक सहमती पत्रमा हस्ताक्षर भएको छ ।
सहमति पत्रमा संघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी र चितवन मेडिकल कलेजबाट त्यहाँका प्रबन्ध निर्देशक प्रो. डाक्टर हरिश चन्द्र न्यौपानेले गर्नु भएको थियो ।
गैरआवासीय नेपाली संघले आफ्ना पंजिकृत सदस्यहरुलाई Readable Quick Response (QR) Code सहितका कार्ड उपलब्ध गराएको छ । यस परिचय पत्र बाहक गैरआवासीय नेपालीहरु र उनीहरुका परिवारले चितवन मेडिकल कलेजबाटः
  • परिचय पत्र बाहक गैरआवासीय नेपालीहरुले बेड तथा परिक्षण शुल्क (औषधि, प्रत्यारोपण बाहेक) सेवामा १० प्रतिशत छुट पाउने छन् ।
  • गैरआवासीय नेपालीका श्रीमान/श्रीमति, छोराछोरी र आमा बाबुले बेड तथा परिक्षण शुल्क (औषधि, प्रत्यारोपण बाहेक) सेवामा ५ प्रतिशत छुट पाउने छन् ।
गैरआवासीय नेपाली संघ ।