News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघ रक्तसंचार समितिद्वारा थालासेमिया सोसाईटीलाई आर्थिक सहयोग

गैरआवासीय नेपाली संघ रक्तसंचार समितिद्वारा थालासेमिया सोसाईटीलाई आर्थिक सहयोग



गैरआवासीय नेपाली संघ रक्तसंचार समितिद्वारा थालासेमिया सोसाईटीलाई आर्थिक सहयोग

१८ अगष्ट २०२० ।

कोरोना महामारीको समयमा नेपालमा थालासेमिया पिडितहरुलाई रक्तसंचार प्रक्रियामा टेवा पुर्याउनको लागि गैरआवासीय नेपाली संघ रक्तसंचार समितिका संयोजक फणिन्द्र पन्त र उनका दाई भरत पन्तद्वारा आफ्नो पिताको १३ औं पुण्य तिथिको दिनमा सहयोग  स्वरूप  रु. ५०,०००/- ( पचास हजार रुपैया मात्र)  नेपाल थालासेमिया सोसाईटीलाई प्रदान गर्नु भएको छ । उक्त रकम  गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा  लोक कल्याणकारी विभागका प्रमुख सोनाम लामाले सोसाईटीका अध्यक्ष दुर्गा पाठकलाई हस्तान्तरण गर्नु भएको थियो । त्यस कार्यक्रममा  संघका प्रमुख कार्यकारी निर्देशक राजेश राणा र सहायक कार्यक्रम अधिकृत कुनाल मिश्रा तथा सोसाईटीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

हस्तान्तरण पछी मन्तब्य राख्दै, लामाले यस्तो कल्याणकारी कार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबध्ता व्यक्त गर्नु भएको थियो भने त्यहाँ उपस्थित सबैलाई माया स्वरूप चकलेट प्रदान गर्नु भएको थियो । त्यसै गरि,  सोसाइटिका अध्यक्ष पाठकले कोरोना महामारीको  अवस्थामा सहज रुपमा रगत नपाएकोले यस सहयोगले रगतको आपूर्तिको लागि सहज हुने कुरा जानकारी गराउदै सहयोगको लागि संघलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

साथै, सोसाईटीका सचिब कमलनाथ उप्रेतीका अनुसार थालासेमियाका बिरामी बालबालिकालाई  हरेक ३-४ हप्तामा रगत दिनुपर्छ ।  बिपन्न तथा आर्थिक अवस्था कम्जोर भएका बाल बालिकालाई आवत जावत गर्न पनि गार्हो हुन्छ । त्यसैले देश तथा बिदेशमा रहेका नेपालीहरुसंग  सहयोगको लागि बिनम्र अनुरोध  गर्नु भएको थियो ।

 

गैरआवासीय नेपाली संघ

रक्तसंचार समिति