News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघ – पहिलो U19 विश्व वक्तित्व कला प्रतियोगिता सम्पन्नः ९ अगष्ट २०२० ।

गैरआवासीय नेपाली संघ – पहिलो U19 विश्व वक्तित्व कला प्रतियोगिता सम्पन्नः ९ अगष्ट २०२० ।



गैरआवासीय नेपाली संघको एशिया प्रशान्त क्षेत्रको युवा फोरमद्वारा आयोजित पहिलो U19 विश्व वक्तृत्व कला प्रतियोगिता अनललाईनको माध्यमबाट सम्पन्न भयो । ‘राष्ट्रका लागि मेरो सपना’ शीर्षकमा आइतवार आयोजित प्रतियोगितामा म्यानमारकी अभिलासा खतिवडा विजेयता बनेकी छन् । खतिवडाले २९ देशका ६१ जना प्रतियोगीलाई उछिनेर पहिलो पुरस्कार हासिल गरेकी हुन् । रसियाकी समिरा केसीले दोस्रो स्थान, बेलायतकी टिया आचार्यले तेस्रो स्थान, चौथौं स्थान जस्मिन सायद (साउदी अरब) र सुहिम थापा (नाइजेरीया) ले प्राप्त गरेका छन् भने थाइल्याण्डकी दाङ्ग तिम्सिना (संजना) ले पाँचौ पुरस्कार प्राप्त गर्न सफल भएकी छिन ।
प्रतियोगितामा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले साठी हजार, तेस्रो हुनेले चालिस हजार नगद र प्रमाणपत्र सहित पुरस्कार जिते । चौथो र पाँचौ प्रतियोगिले बीस बीस हजारको नगद पुरस्कार प्राप्त गरे भने लिटिल मास्टर र राइजिङ्ग स्टार टाइटलका लागि रु. तीस तीस हजारका साथै प्रमाणपत्र हासिल गरेका थिए ।
प्रतियोगितमा १३ वर्षभन्दा मुनीका प्रतियोगी मध्यबाट अष्ट्रियाकी दिव्या ढकालले लिटल मास्टरको टाइटल हासिल गरिन् भने अष्ट्रिया कै कुन्जन बोहोराले एनआरएन राइजिङ स्टारको टाइटल प्राप्त गरे ।
प्रतियोगिताको उद्घाटन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले गर्नु भएको थियो । उहाँले नेपालभन्दा बाहिर ८० लाख नेपाली भएको अर्को नेपाल रहेको बताउँदै गैरआवासीय नेपाली संघको अभियान देखिनै दोस्रो पुस्तालाई नेपालसंग जोड्न चाहेको बताउनु भयो ।
राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा एनआरएनए उपाध्यक्ष सोनाम लामा र एनसिसि चीनका अध्यक्ष प्रदिप न्यौपानेले प्रतियोगिताका निर्णायक मण्डललाई खादा तथा पुष्ष गुच्छा दिएर स्वागत गरेका थिए । यसैगरी संघका निवर्तमान अध्यक्ष भवन भट्ट, उपाध्यक्ष रविना थापा, युवा संयोजक हिमाल गुरुङ, क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, डिआरसी खगेन्द्र न्यौपाने, कार्यक्रम संयोजक दिपक कँडेल, एसिया प्यासिफिक महिला संयोजक अमृता थापाले स्वागत मन्तव्य राखेका थिए । यसै गरी नेपालका प्रसिद्ध टिभि कार्यक्रम प्रस्तोता रवि लामिछानेले प्रतियोगीहरुको मनोबल बढाउन अनलाइन सन्देश दिनु भएको थियो ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्षहरु देवमान हिराचन र जीवा लामिछाने कार्यक्रमको महत्व बारे प्रकाश पार्दै कार्यक्रमको सफलताको लागि शुभकामना सन्देशि भिडियो मार्फत दिनु भयो । उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, निवर्तमान कोषाध्यक्ष हिक्मत थापा लगायत अन्य पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
निर्णायक मण्डलमा प्रकाश सायमी, सन्दीप क्षेत्री, समा थापा, सदीक्षा श्रेष्ठ तथा विशेष अतिथिका रुपमा भूषण दाहाल रहेका थिए । निर्णायक मंडलको संयोजन एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय उपसंयोजक पारसमणी पोखरेलले गरेका थिए भने एनसिसि जापानकी सिर्जना पाण्डेले कार्यक्रमको संचालन गर्नु भएको थियो । प्राविधिक तर्फ जापानमा नारायण खड्का र नेपालमा सचिवालका आइटि टिमले सहयोग गरेका थिए । यो कार्यक्रम संघको आधिकारीक फेसबुक पेज, एशिया प्रशान्त क्षेत्रको फेसबुक पेज, प्राइम टिभि, टाइभ टिभि र अन्य अनलाईन मिडियाहरुबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।
औपचारिक कार्यक्रम गर्न तथा प्रतियोगीहरुको वक्तित्व कलाको निर्णय गर्न निर्णायक तथा अतिथिहरु नेपालमा गैरआवासीय नेपाली संघको सचिवालयमा र जापानमा कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, कार्यक्रम संयोजक दिपक कंडेल तथा एनसिसि जापानका पदाधिकारीहरु उपस्थित हुनु भएको थियो । यस कार्यक्रमको मुख्य प्रायोजक केलमि ग्रुप र दिप वे फाउण्डेसन रहेका थिए भने विशेष सहयोगीहरु संघका पूर्व अध्यक्षहरुका साथै हालका अध्यक्ष रहनु भएको थियो । यसैगरी एनसिसि जापान, सिंगापुर, थाइल्याण्ड, मलेशिया, चीन, मकाउ, हङ्गकंग, म्यानमार, भियतानाम, दक्षिण कोरिया र संघका पादाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु तथा अन्य अभियन्ताहरुले कार्यक्रममा आर्थिक सहयोग गर्नु भएको थियो ।
कार्यक्रमलाई समापन गर्दै एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठले सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिदै विजेताहरुलाई शुभकामना तथा बधाई दिनु भयो । यस कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्नु भएका कार्यक्रम संयोजक, निर्णायक संयोजक, निर्णायक मण्डल, आयोजक समितिका साथै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, राष्ट्रिय समन्वय परिषद् जापानका साथै एशियाका राष्ट्रिय समन्वय परिषदहरु, आर्थिक तथा भौतिक सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरु प्रति आभार प्रकट गर्नु भयो ।
सचिवालय
गैरआवासीय नेपाली संघ ।