News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघले कोभिड १९ राहत र ब्यबस्थापनको लागि नेपाल सरकारसँग समन्वय गरेर जानेः

गैरआवासीय नेपाली संघले कोभिड १९ राहत र ब्यबस्थापनको लागि नेपाल सरकारसँग समन्वय गरेर जानेः



आज गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको ९औ बैठक सम्पन्न भएको छ । बैंठक मुख्यता कोरोनाका कारण विदेशमा प्रभावित भएका गैरआवासीय नेपालीहरुको समस्यामा केन्द्रित रहेको थियो । बैठकले कोभिड १९ राहत र ब्यबस्थापनको लागि नेपाल सरकारसँग सहकार्य र समन्वय गरेर जाने निर्णय गरेको छ । बैठकले नेपाल सरकारसंग संघका अध्यक्ष कुमार पन्तले बिशेष पहल गर्ने निर्णय गरेको छ।
कोभिड १९ का कारण विदेशमा संक्रमित भएका, मृत भएका र अप्ठेरोमा परेका नेपालीहरुको लागि आवश्यक सहयोग, उद्धार, राहत लगायतको काम गर्न गैरआवासीय नेपाली संघ एक्लैले गर्न सहज र सम्भव नहुने भएको हुँदा नेपाल सरकार र विदेश स्थित कुटनैतिक नियोगहरु तथा सरोकारवालाहरु संग सहकार्य र समन्वय गर्ने भएको छ ।
त्यसैले, यसलाई उचित, छरितो र उपयुक्त रुपमा काम गर्नको लागि संघका अध्यक्षले नेपाल सरकारसँग समन्वय गरि सोहि अनुरुप भएको सहमतिका आधारमा काम गर्ने निर्णय गरेको छ। अध्यक्षबाट नेपाल सरकारसँग भएको कुराकानी र सहमतिको योजना सहित संघको आधिकारिक जानकारी नियमित रुपमा आउनेछ बारे संघका प्रवक्ताले जानकारी दिनु भएको छ ।
बैठकमा कोभिड १९ रोकथामका लागि संघले गरेका गतिविधिहरुमा समिक्षा गरिएको थियो भने भावी रणनीति पनि तय गरिएको छ ।
संचार तथा प्रकाशन समिति,
गैरआवासीय नेपाली संघ