News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघद्वारा म्यानमारका वाढी पीडितहरुलाई सहयोग

गैरआवासीय नेपाली संघद्वारा म्यानमारका वाढी पीडितहरुलाई सहयोग



आज एक कार्यक्रम वीच गैरआवासीय नेपाली संघले म्यानमारका वाढी पीडितहरुका सहयोगका लागि ५००० अमेरिकी डलर प्रदान गरेको छ । सहयोग रकम बुझदै नेपाल स्थित म्यानमार दूतावासका मिनिष्टर काउनसुलर ह्यान विन नाईङ्गले विश्वभरका गैरआवासीय नेपालीहरुको स्नेह स्वरुप प्राप्त रकम म्यानमारका वाढी पीडितहरुका सहयोगार्थ खर्च गर्ने बताउँदै गैरआवासीय नेपालीहरुको सहयोगी भवनाले निकै मर्माहित भएको वताउनु भयो ।

 

काउनसुलर ह्यानले म्यानमारमा दुई दशक यताकै सबै भन्दा भिषण बाढी आएको र यसले म्यानमारमा धेरै क्षति पुराएको वताउनु भयो । उहाँले सहयोग रकम म्यानमार सरकारको स्विकृति लिएर मात्रै ग्रहण गरेको र म्यानमारका जन्ता तथा सरकारका तर्फवाट विश्वभर फैलिएर रहेका गैरआवासीय नेपालीहरुलाई धन्यवाद दिन चहान्छु भन्दै गैरआवासीय नेपाली संघको बिकास र बिस्तारमा आङ्खनो तथा म्यानमार सरकारको पूर्ण सहयोग र समर्थन रहने वताउनु भयो ।
सहयोग रकम हस्तान्तरण गर्दै गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश शम्शेर राणाले सहयोग ग्रहण गरिदिनु भएकोमा संघको तर्फबाट आभार प्रकट गर्दै म्यानमारमा धेरै बर्ष अघि देखि नै नेपालीहरुको बाक्लो उपस्थिति रहेको र गैरआवासीय नेपाली संघलाई म्यानमारमा राष्ट्रिय समन्वय परिषद् म्यनामारले प्रतिनिधित्व गरिरहेको वताउनु भयो ।
सो अवसरमा कार्यकारी निर्देशक राणाले गैरआवासीय नेपाली संघको संजाल विश्वका ७१ मूलूक वा स्थानहरुमा फैलिएको र स्थानिय कानूनले दिएसम्म राष्ट्रिय समन्वय परिषद्हरु सम्बन्धित मूलूक वा स्थानहरुमा विधिवत दर्ता भई संचालन भईरहेको तथा म्यानमारमा पनि राष्ट्रिय समन्वय परिषद् विधिवत रुपमा दर्ता गर्ने प्रकृया अघि सारिएकोमा यसलाई सहजिकरण गरी दिन समेत मिनिष्टर काउनसुलर अनुरोध गर्नु भयो ।
प्रतिउत्तरमा काउनसुलर ह्यानले सहयोगी भावना र हातहरुका विश्वको जुनसुकै मूलूकलाई पनि आवश्यक हुने र यस्ता आर्दश र व्यवहार बोकेका संस्थाहरुको स्थायित्वले हरेक मूलूूकलाई फाईदानै पुराउने भएकोले काउनसुलर ह्यानले राष्ट्रिय समन्वय परिषद् म्यानमारलाई म्यानमारमा विधिवत दर्ता गराउन आफूले म्यानमार सरकार समक्ष अनुरोध तथा पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा शकंर घिमिरे, नेपाल म्यानमार चेम्बर अर्फ कमर्शका अध्यक्ष तथा प्रतिनिधिहरु, म्यानमार वासी नेपालीहरु, दूतावास तथा सचिवालयका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
गैरआवसीय नेपाली संघ सचिवालय, काठमाण्डौं ।
मिति: १ भाद्र, २०७२ ।