News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघद्वारा पिपिई हस्तान्तरण :

गैरआवासीय नेपाली संघद्वारा पिपिई हस्तान्तरण :



कारोना संक्रमणबाट सुरक्षित हुनको लागि गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीहरुको सहयोगमा नेपाल सरकारलाई सुरक्षा सम्बन्धि उपकरणहरु उपलब्ध गराउँदै छ । आज बेलुका सम्म एनसिसि दक्षिण कोरियाको सहयोगार्थ प्रथमा चरणका लागि विभिन्न प्रकारका सुरक्षा सम्बन्धि उपकरणहरु नेपाल आउने भएको छ र आजै सो सामानहरु नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिने छ ।
 यसै सन्दर्भमा आज गैरआवासीय नेपाली संघले ५० वटा पिपिए नेपाल सरकारका ४ वटा अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान १५ थान, त्रिशुली अस्पताल, नुवाकोट ५ थान, धौलागिरी अंचल अस्पताल २२ थान, र पर्वत जिल्ला अस्पताललाई ८ थान हस्तान्तरण गरेको छ ।
यी सुरक्षा उपकरणहरु संघका उपाध्यक्ष सोनाम लामा र एशिया प्रशान्तका क्षेत्रीय संयोजक गोविन्द प्रसाद श्रेष्ठले ती अस्पतालका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्नु भयो ।
गैरआवासीय नेपाली संघ
सचिवालय ।