News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघद्वारा सहयोग प्रदानः

गैरआवासीय नेपाली संघद्वारा सहयोग प्रदानः



आज सन् २०१८ मई ७ का दिन गैरआवासीय नेपाली संघले यही आउने १० देखी १३ मई, २०१८ सम्म जापानको ओकिनावा शहरमा १७औ एशियन कराते प्रतियोगितामा नेपालबाट सहभागी हुन जाने ६ जना कराँते खेलाडी तथा प्रशिक्षकहरुलाई संघको लोगो अंकित Track Suit संघका उपाध्यक्ष सपीला राजभण्डारीले हस्तान्तरण गर्नु भयो ।

 

 

साथै उपाध्यक्ष राजभण्डारीले खेलाडीहरुलाई विजयीको लागि अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । यस प्रतियोगितामा प्रशिक्षक ध्रुव विक्रम मल्ल, सहप्रशिक्षक चित्र बहादुर राना र खेलाडीहरुमा सार्कको कराँते प्रतियोगितामा लगातार ३ पटक स्वर्ण पदक विजेता नविन रसाइलीका साथै एह्तर राई, राजिव पुढासैनी र विजय श्रेष्ठ हुनु हुनेछ । प्रशिक्षक धुव्र विक्रम मल्लले सहयोग उपलब्ध गराएकोमा संघ प्रति हार्दिक आभार प्रकट गर्नु भयो ।

 

 

आजको यस कार्यक्रममा उपाध्यक्ष राजभण्डारी लगायत मानार्थ समितिका सदस्य सुवाष अधिकारी, जर्मनीका गैरआवासीय नेपाली शशि श्रेष्ठ र सचिवालयको सहभागीता रहेको थियो ।

 

गैरआवासीय नेपाली संघ ।