News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघको संयुक्त अतिथि देवो भव: अभियान

गैरआवासीय नेपाली संघको संयुक्त अतिथि देवो भव: अभियान



नेपाली समाजमा अतिथिलाई उच्च प्राथमिकतामा राख्ने गरिएको छ । सानै उमेरदेखि नै अतिथिलाई कस्तो व्यवहार गर्ने भनेर अतिथि देवो भव: अर्थात् अतिथि देवता हुन् भनी घरका साथै विद्यालयमा पनि सिकाइन्छ । त्यही अतिथि देवो भव: लाई अबको समयमा नेपाली समाजमा पुन:स्थापित गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपालमा पर्यटनसम्बन्धी अद्वितीय प्राकृतिक तथा सांस्कृतिक सम्पदा हुादाहुदै पनि पर्यटक आगमनलाई सन्तोषजनक अनुपातमा बढाउन सकिएको छैन । त्यसका धेरै कारण होलान् तर ती कारणले हाम्रो उद्देश्य प्रभावित हुनु हुादैन । तसर्थअतिथि देवो भव: भन्ने मन्त्रलाई आत्मसात् गर्दै आधिकारिककार्यगत र संगठित रूपमा अघि बढाउनुपर्ने देखिएकाले एनआरएनए का केन्द्रीय उपाध्यक्ष भवन भट्टको अध्यक्षतामा रहेको Tourism Promotion Nepal Committee ले यो अभियान सुरु गर्ने दृढता लिएको हो । विभिन्न कार्यक्रमलाई एकै मञ्चबाट सञ्चालन गर्दा बढी प्रभावकारी हुने भएकाले नेपाल पर्यटन बोर्डलाई अनुरोध गरियो । बोर्डले यसलाई अझ बढी प्रोत्साहन गर्दै संस्कृतिपर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा विश्वव्यापी बनाउन सहकार्य गर्ने निर्णय भयो । अतिथि देवो भव: अभियान समग्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा कार्यान्वयन हुँदैछजसका लागि एनआरएनए र नेपाल पर्यटन बोर्डबीच यो हस्ताक्षर समारोह आयोजना गरिएको हो । अतिथि देवो भव: यस्तो अभियान होजसको मुख्य उद्देश्य नेपालमा गुणात्मक र संख्यात्मक पर्यटक आगमन बढाउनु हो । यसका मुख्य उद्देश्य र कार्यान्वयनका प्रक्रिया निम्न छन् :

 

  1. नेपालभित्र राष्ट्रियस्तरमा अतिथि सत्कारको क्षेत्रमा जागरुकता ल्याउने र आतिथ्यलाई क्रियाकलापमा परिवर्तन गर्ने किसिमका कार्य गर्ने
  2. पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने र आन्तरिक पर्यटन वृद्घि गर्ने
  3. विदेशमा नेपालका पर्यटकीय क्षेत्र तथा आतिथ्यको ७५ मुलुकमा रहेको NRNA नेटवर्क प्रयोग गरी त्यहाँका सरकारी निकायका साथै नेपालीको सहयोगमा एनआरएनए र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा विभिन्न कार्यक्रम गरी अतिथि देवो भव: अभियान विदेशमा पनि प्रचारप्रसार गर्ने । सो कार्यलाई विश्वस्तरमा परिणाममुखी बनाउन एनआरएनएका ७५ देशका एनसिसिका अध्यक्षलाई Good Will Ambassador बनाउने तथा Reward तथा Recognition का कार्यक्रम ल्याउने
  4. नेपालमा आएका विदेशी पाहुनालाई फेरि भ्रमण गर्ने वातावरण बनाउने र अरूलाई पनि भ्रमणका लागि सिफारिस गर्न प्रेरित गर्ने

 

 यसका लागि कार्यगत तहमा सुरक्षा (Safety), सुविधा (Convenience) तथा सुहर्षका (Delight) क्षेत्रमा व्यापक ATL र BTL स्तरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम गरी सन् २०१८ सम्ममा अन्तरराष्ट्रिय पर्यटकहरुको संख्या उल्लेख्य रुपमा बढाउने लक्ष्य यो अभियानले लिएको छ । यस अभियानका तीन पक्षले संयुक्त रूपमा जिम्मेवार पक्षमध्ये एनआरएनएको जिम्मेवारी भनेको यो पूरा अभियानलाई सञ्चालन गर्ने होपर्यटन बोर्डको जिम्मेवारी भनेको यो अभियानलाई आवश्यक समग्र सहजीकरण र प्रबर्दन गर्नु हो । पर्यटन मन्त्रालयको जिम्मेवारी अभियानको सफलताको मूल्यांकन गर्ने तथा स्वदेश र विदेशमा यो अभियानलाई आवश्यक पर्ने सरकारी सहयोग उपलब्ध गराउनु हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा माननीय संस्कृतिपर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द प्रसाद पोखरेलको उपस्थिति थियो । ल्च्ल्ब् का केन्द्रीय उपाध्यक्ष तथा Tourism Promotion Nepal Committee का अध्यक्ष भवन भट्ट तथा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले MOU मा हस्ताक्षर गर्नुभएको छ । साथैसंस्कृतिपर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम आचार्यले साक्षीको रूपमा हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा मन्त्रालयका सचिव प्रेमकुमार राई अतिथिको रूपमा उपस्थित भई अभियान सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

  •