News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री केसी र निर्वाचन आयोगका आयुक्त माननीय सुधिर कुमार शाह बीच भेट:

गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री केसी र निर्वाचन आयोगका आयुक्त माननीय सुधिर कुमार शाह बीच भेट:



संघका महासचिव डा. बद्री के.सी र निर्वाचन आयोगका आयुक्त माननीय सुधिर कुमार शाह बीच गएको माघ १० गते निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा भेटघाट भयो । सो भेटघाटमा मुख्यतया विदेशमा रहेका नेपालीहरुलाई आगामी निर्वाचनमा कसरी सहभागी गराउन सकिन्छ भन्ने बिषयमा छलफल भयो ।
सो अवसरमा आयुक्त शाहले यस बिषयमा निर्वाचन आयोगले बिभिन्न समयहरुमा संघकै सहभागीतामा अध्ययन अनुशन्धान गरिसकेको र हाल संघिय संसदको राज्य व्यवस्था समितिको अनुरोध अनुसार वहाँको संयोजकत्वमा एक उपसमिति गठन गरी प्रतिवेदन तयार पाररिहेको र सम्माननीय सर्वोच्च अदालतको आदेश तथा प्रधानमन्त्रीको कार्यालयको पत्र बमोझिम यस कार्य अघि बढी रहेको जानकारी गराउनु भयो ।

उहाँले यस कार्यमा कानूनी, व्यवस्थापकिय, आर्थिक, प्राविधिक समस्या सम्बन्धि चुनौतिहरु रहेका र मुख्य गरी राजनीतिक सहमती र प्रतिवद्धता भएमा निर्वाचन आयोग यस कार्य सम्मपन्न गर्न सक्षम रहेको समेत अवगत गराउँदै राजनीतिक सहमती र प्रतिवद्धताको लागि संघलाई समेत पहल गर्न सुझाव दिनु भयो ।
महासचिव डा. बद्री के.सीले यस बिषयमा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र निर्वाचन आयोग समेतको सकारात्मक भूमिका देखिएकोले आगामी संघिय तथा प्रदेशको निर्वाचनमा विदेशमा बसेका नेपालीहरुले नेपालको सविधान २०७२ ले प्रदान गरेको मतअधिकार प्रयोग गर्न पाउनेमा संघ ढुक्क रहेको र यसका लागि संघको तर्फबाट सबै निकायहरु प्रति कृतज्ञता व्यक्त गर्नु भयो ।

उहाँले निर्वाचन आयोगले गठन गरेको उपसमितिमा संघको प्रतिनिधित्व भएमा यस कार्य अझ फलदायी हुने तथा यस कार्यमा व्यवस्थापकिय सहयोगको लागी संघका राष्ट्रिय समन्वय परिषद्हरु नेपाल सरकारका विदेशमा रहेका नियोगहरुसंग सहकार्य गर्दै सम्बन्धित राष्ट्रका सरकारहरुसंग समेत सहयोगको लागी अनुरोध गर्न सकिने अवगत गराउनु भयो ।
आयुक्त शाहले संघको सहयोगको लागी धन्यवाद व्यक्त गर्दै अब आफूलाई यस कार्य सम्पन्न गर्न अझ सहज हुने व्यक्त गर्दै आयोगको उपसमितिको प्रतिवेदन संघलाई पनि उपलव्ध गराउने र यस कार्यलाई कसरी मूर्त रुप दिन सकिन्छ भन्ने बारेमा आगामी दिनहरुमा संघसंग छलफल र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । यस अवसरमा संघका प्रमुख कार्यकारी अधिकृत समेतको सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली संघ सचिवालय
काठमाण्डौं ।