News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघका महासचिवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसंग भेट वार्ता

गैरआवासीय नेपाली संघका महासचिवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसंग भेट वार्ता



काठमाण्डौं । गैरआवसीय नेपाली संघका महासचिव डा. बद्री केसीले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मूरारकासंग भेट गरी समसायिक बिषयहरुमा छलफल गर्नुभयो । भेटका अवसरमा सर्वप्रथम महासंघले गैरआवासीय नेपाली संघको स्थापनार्थ खेलेको भूमिका तथा त्यस पश्चात निभाउँदै आएको दायित्व तथा पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद दिंदै ह्दय देखि नै त्यसको लागि संघका तर्फबाट आभार प्रकट गर्दछु भन्नु भयो ।

 

सो अवसरमा महासचिवले संघले विनासकारी भूकम्पको पीडाबाट पार नपाउँदै राष्ट्रलाई आईपरेको यस असहज परिस्थिति र यसले उत्पन्न गरेका मानविय पीडा तथा समस्या न्यूनिकरण गर्न केहि सहयोग गर्ने चाहाना अनुसार विश्वभर रहेका नेपालीहरु एकजुट भई हाल देशमा अभाव देखिएका अति आवश्यक जीवन रक्षक औषधीहरुको व्यवस्था मिलाउन आर्थिक सहयोग जुटाई नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्य र समन्वयमा नेपाल सरकारको माग बमोजिमका यस्ता औषधीहरु विदेशबाट हवाई मार्ग मार्फत आपूर्ति गरी देशका बिभिन्न भागमा हस्तान्तरण गरिरहेको अवगत गराउनु भयो । महासचिवले नेपालले भोग्नु परेको यस अघोषित नाकाबन्दी तथा यसले पुर्‍याएको मानविय पीडा र नाकाबन्दीका दौरान भएका अन्तर्राष्ट्रिय सन्धी तथा सम्झौताको उल्लङ्घन बारे बिश्वलाई अवगत गराउन बिश्वभर रहेका संघका राष्ट्रिय समन्वय परिषद्हरुले खेलेका भूमिकाबारे समेत जानकारी गराउँदै यस कार्यहरुले नाकाबन्दी चाँडै हटाउन समेत मद्दत पुर्‍याउने आफ्नो बिश्वाश रहेको वताउनु भयो । उहाँ हालै देशमा देखिएको उर्जा संकट र नेपाल सरकारले आगामी दिनमा घोषणा गर्न लागेको उर्जा संकटकालको उपयोग गर्दै गैरआवासीय नेपालीहरु, महासंघ र नेपाल सरकारको सहकार्य र समन्वयमा यस क्षेत्रमा लगानी गर्न सकिने धारणा राख्नु भयो । हाम्रो राष्ट्र उर्जामा आत्मनिर्भर भई निर्यात गर्न सकेमा राष्ट्रको परनिर्भता कम हुने तथा व्यपारघाटा समेत न्यून हुने हुँदा यस कार्यलाई प्रथामिकतामा राखी आगामी दिनहरुमा समन्वय र सहकार्यका उपायहरु खोज्न समेत आग्रहगर्नु भयो । महासंघका अध्यक्षले हालै गैरआवासीय नेपाली संघले गरेका कार्यहरु प्रशंसनीय भएको र बिदेशमा बसेकाहरुको मन पनि नेपाल र नेपालीहरुले पाएको दु:ख कष्टबाट प्रभावित भएको र त्यसलाई न्यूनगर्न सक्दो प्रयास गरेको देख्दा महासंघले नेपालमा गैरआवासीय नेपाली संघको स्थापनार्थ खेलेको भूमिकाले बिस्तारै साँचीनै लोभ लाग्दो फलदिन सक्ने सम्भावनाहरु देखाएको यस प्रति आफू र महासंघ धेरै आशावादी रहेको वताउनु भयो । गैरआवासीय नेपालीहरु र महासंघ मिलेर केहि लगानीका योजनाहरु समेत बनाउन सक्ने जानकारी दिैदै प्रथामिक्तामा जलबिधुत नै पर्ने वताउनु भयो । उहाँले नेपाल भारत बिच बन्दै गरेको अन्र्तदेशिय प्रसारण लाईन र यसको थप सम्भावनाले जलबिद्युत उत्तम लगानीको बिकल्प रहेको वताउनु भयो । उहाँले यसका लागि आवश्यक गृहकार्य गर्न महासंघ तयार रहेको र गैरआवासीय नेपालीहरुबाट ठोस कार्ययोजना आएमा नेपाल सरकारसंग पनि यसको प्रवर्धन गर्न महासंघले प्रयास गर्ने वताउनु भयो । सो अवसरमा महासंघका महानिर्देशक, संघका सल्लाहकार एकनाथ खतिवडा तथा संघका कार्यकारी निर्देशकको सहभागीता रहेको थियो ।

 

गैरअवासीय नेपाली संघ सचिवालय, काठमाण्डौं ।

मिति: २८ मंसिर, २०७२ ।