News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामा र नेपाल विधुत प्राधिकरणका प्रबन्धक निर्देशक कुलमान घिसिङ्ग बीच भेटवार्ता ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामा र नेपाल विधुत प्राधिकरणका प्रबन्धक निर्देशक कुलमान घिसिङ्ग बीच भेटवार्ता ।



गैरआवासीय नेपाली संघले विश्व भरी फैलिएका नेपालीहरुको सहयोगबाट नेपालको मात्र नभई एकै प्रकारका एकै क्षेत्रफल ओगटेका ५७३ घरहरु भएको विश्वकै एक मात्र एकिकृत नमूना बस्ती गोरखा जिल्लाको २७५० मिटर उचाईमा रहेको धार्चे गाउँपालिका अन्तर्गत बडा न. ४ लाप्राक, गुप्सीपाखामा निर्माण थालिनी गरेकोमा हाल यो बस्तीको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको र यसलाई आवश्यक विधुतको आपूर्ती राष्ट्रिय विधुत प्रसारण लाइनबाट द्रुत गतिमा गरिदिनका लागि संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल विधुत प्राधिकरणका प्रबन्धक निर्देशक कुलमान घिसिङ्ग संग भेटवार्ता गर्यो ।
सो अवसरमा उपाध्यक्ष सोनाम लामाले लाप्राकमा द्रुत गतिमा विधुतिकरण गरिदिनुका साथै ५७३ घरहरुकै लागि निशुल्क मिटर जडान गरी बस्ती भित्र भूमिगत रुपमा विधुत वितरण गरी दिन अनुरोध गर्दै यसको लागि लाभग्राहिहरु आवश्यक जनश्रमदान गर्न तयार रहेको अवगत गराउनु भयो ।
प्रबन्धक निर्देशक कुलमान घिसिङ्गले आगामी तीन महिना भित्र राष्ट्रिय विधुत प्रसारण लाइनबाट लाप्राकमा विधुत आपूर्ति गरिसक्ने तर भूमिगत गर्दा खर्च दश गुणा बढी लाग्ने भएकोले त्यसो नगरी बस्ती भित्र नाङ्गो तारको सट्टा इन्सुलेटर भएको तार प्रयोग गरी व्यवस्थित रुपमा विधुत वितरण गरिने प्रतिवद्धता व्यक्त गर्दै सम्बन्धित निकायलाई समेत निर्देशन दिनु भयो । उहाँले ५७३ घरधूरीहरुलाई निशुल्क मिटर उपलब्ध गराउँदा खर्च एक करोड भन्दा माथि लाग्ने भएता पनि यो एक राष्ट्रिय गौरवको आयोजना भएकोले नेपाल विधुत प्राधिकरण निशुल्क मिटर उपलब्ध गराउन तयार रहेको र यस कार्य अघि बढाउनको लागि धार्चे गाउँपालिकालाई नेपाल विधुत प्राधिकरणको गोरखा जिल्ला कार्यालयमा निवेदन दिन समेत सुझाव दिनु भयो ।
सो अवसरमा संघका तर्फबाट राष्ट्रिय समन्वय परिषद बराईनका पूर्व अध्यक्ष तथा परियोजना निर्माण कार्यदलका कार्यकाल २०१५–१७ का सदस्य श्याम तामाङ्ग तथा सचिवालयका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।
गैरआवासीय नेपाली संघको सचिवालय,
काठमाण्डौं ।
मिति: १६ जुन २०२० ।