News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघका अध्यक्ष र संस्कृति पर्यटन तथा नागरिक उड्डयन् मन्त्री बीच भेटवार्ता

गैरआवासीय नेपाली संघका अध्यक्ष र संस्कृति पर्यटन तथा नागरिक उड्डयन् मन्त्री बीच भेटवार्ता



काठमाण्डौ । ७ सेप्टेम्बरका दिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र संस्कृति, पर्यटन तथा नागरिक उडायन् मन्त्री कृपाशूर शेर्पा बीच भेटवार्ता भयो । संघका अध्यक्ष घलेले गैरआवासीय नेपाली संघको स्थापनाका उदेश्यहरु मध्ये नेपालको पर्यटन बिकासमा सहयोग गर्ने एक प्रमुख उदेश्य रहेको र संघका राष्ट्रिय समन्वय परिषद्हरुले नेपालको पर्यटन प्रवर्धन र सम्वद्र्धनमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना गर्दे आएको वताउनु भयो ।

भर्खरै मात्र नेपाल पर्वतारोहण संघसंग एक साम्भौतापत्रमा हस्ताक्षर गरी नेपालको पर्वतिय पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने जानकारी दिदैं गैरआवासीय नेपालीहरुले नेपालको पर्यटनमा एक पर्यटकको हैसियतले, पर्यटन व्यवसायमा लगानी गरेर, पर्यटनलाई बिदेशमा प्रर्वद्धन गर्दै र पर्यटन क्षेत्रमा बिदेशी लागानी भित्राउन सहयोग गरिरहेको बताउनुभयो ।उहाँले पर्यटन व्यवसाय बहुआयामिक व्यवसाय भएको र यसले देशमा थूप्रै रोजगारीका अवसरहरुका सिर्जना गरेको वताउँदै भूकम्प पछिको निर्माण गर्दा पर्यटन क्षेत्रको प्रचुर सम्भावनाहरुका ख्याल गर्दै स्वरोजगारी तथा आयआर्जनमा मद्दत पुराउने सक्ने परियोजनाहरुको बिकास गर्नुपर्ने सुझाव दिनु भयो । संघले भूकम्प पीडितहरुका लागि निर्माण गर्न लागेको आवासीय क्षेत्रहरुमा होम स्टेको सम्भावनाहरुको समेत खोजी गरिनुपर्ने घलेले वताउनुभयो । मन्त्री शेर्पाले तुलात्मक रुपमा विदेशमा नेपालीहरु सम्पन्न भई सफल जिवन यापन गरिरहे पनि विभिन्न जोखिम मोलेर नेपाल प्रर्बद्धन गर्ने कार्यक्रममा सहभागिता जनाएको देख्दा आफू निकै प्रभावित भएको बताउनुभयो । यसले गैरआवासीय नेपालीहरुको मातृभूमि प्रतिको लागाव र स्नेहलाई अझ उजागर गरेको उहाँले बताउनु भयो । सो अवसरमा मन्त्री शेर्पाले नेपालमा पर्यटन मैत्रि लगानीको वातावरण वनाउन आफूसंग निकै योजनाहरु रहेको र यस बारेमा नेपाल सरकारका सम्बन्धित निकायहरुसंग समन्वय र सहकार्य गरिरहेको जानकारी दिनु भयो । गैरआवासीय नेपालीहरुसंग पनि राष्ट्रलाई पर्यटन मैत्रि बनाउन सुझाव तथा नीतिहरु भएमा पर्यटन मन्त्रालयमा पेश गर्न अनुरोध गर्नु भयो । अन्त्यमा, उहाँले गैरआवासीय नेपालीहरुले नेपालको पर्यटन बिकास तथा प्रवद्र्धनमा पुर्‍याएको सहयोगको लागि मूरीमूरी धन्यवाद दिन चहान्छु भन्दै गैरआवासीय नेपालीहरुको मातृभूभि प्रतिको माया र कर्तव्यवोध तथा राष्ट्र तथा राष्ट्रवासीका लागि केहि गर्न चहाने ईच्छाले आफूलाई निकै प्रभावित परेको र सक्दो सहयोग गर्न तयार रहेको बताउनु भयो ।

गैरअवासीय नेपाली संघ सचिवालय, काठमाण्डौं ।

मिति: २१ भाद्र, २०७२ ।