News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघका अध्यक्षको भेटघाट कार्यक्रम

गैरआवासीय नेपाली संघका अध्यक्षको भेटघाट कार्यक्रम



गैरअवासीय नेपाली संघका अध्यक्ष र राष्ट्रिय पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीबीच २०७३ बैशाख ४ गते गैरआवासीय नेपाली संघले पुन:र्निर्माण सम्बन्धि पेश गरेको प्रारम्भिक प्रस्ताव तथा अब कसरी अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा परामर्श भएको थियो ।

 

सो अवसरमा संघका अध्यक्ष घलेले विश्वभर फैलिएर रहेका गैरआवासीय नेपालीहरु पुनर्निर्माणमा सहभागीहुन आतुर रहेका तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेका दाताहरु यस कार्यको ढिलाईप्रति अत्यन्तै चिन्तित रहेको जानकारी गराउँदै पुनर्निर्माण कार्यको थालनी छिटोभन्दा छिटो गर्न सुझाव दिनुभयो । प्रमुख कार्यकारी अधिकृतले सो अबसरमा पुनर्निर्माणका लागि लाभग्राहिहरु प्हिचान भएका केहि स्थानहरुमा पहिलो किस्ता वापतको रु पचास हजार वितरण कार्य शुरु भईसकेको जानकारी गराउँदै आवास गृह निर्माणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई सहभागी गराउने कार्यविधि परित भएपछि सोको पनि थालनी हुने र यो कार्यविधि आगामी हप्ताभित्रै पारित हुने जानकारी गराउनु भयो । कार्यकारी प्रमुख ज्ञवालीले कार्यविधिमा निहित आवेदन फारामअनुसार गैरअवासीय नेपाली संघले प्रस्ताव पेश गर्नैपर्ने र यही प्रस्तावनाको आधारमा राष्ट्रिय पुर्निर्माण प्राधिकरणको प्रविधिक टोलीले प्रस्तावनाको मूल्याङ्गन गरी स्विकृति प्रदान गर्ने जानकारी दिनुभयो । उहाँले बैशाख १२ देखि १४ गते सम्म भूकम्प स्मृति दिवस मनाउन लागिएको र सम्भव भए यस अवसर पारेर संघले निर्माण गर्न लागेको नमूना बस्तीको प्रधानमन्त्रीबाट शिलन्यास समेत गराउन सकिने प्रस्ताव समेत पेश गर्नुभयो । यस छलफल कार्यक्रममा गैरअवासीय नेपाली संघका सल्लाहकार डा. गणेश गुरुङ्ग तथा संघका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

 

बैशाख ११ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा लाप्राक नमूना बस्ती निर्माणको प्रस्तावना समबन्धमा छलफलः

गैरआवासीय नेपाली संघ तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिहरु बीच बैशाख ११ गते प्राधिकारणको कार्यालय सिंहदरवारमा संघले पेश गरेको लाप्राक नमूना बस्ती बिकास सम्बन्धि प्रस्तावनामा छलफलको लागि बैठक आयोजना गरिएको थियो । संघका तर्फबाट बैठकको नेतृत्व अध्यक्ष घलेले गर्नु भएको थियो भने प्राधिकरणका तर्फबाट कार्यकारी प्रुमखले गर्नु भएको थियो । बैठकमा कार्यकारी प्रमुखले संघले पेश गरेको प्रस्तावना उत्कृष्ट भएको र यसलाई बिहान बसेको प्रस्तावना समिक्षा समितिले स्विकृत गरेको जानकारी गराउनु भयो ।संघका अध्यक्षले संघले पेश गरेको प्रस्तावनाप्रति प्रतिवद्धता व्यक्त गर्दै संघको दायित्व घर निर्माणको मात्र भएता पनि अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरुसंगको सहकार्य र सहयोगमा अन्य पूर्वाधारहरुको बिकासको लागि समेत पहल गरी लाप्राक नमूना बस्ती बिकासमा यथासक्दो सहयोग गर्ने जानकारी दिनु भयो । यस छलफल कार्यक्रममा प्राधिकरणका सहसचिवद्वय रामप्रसाद थपलिया र जनार्दन शर्मा तथा संघका तर्फबाट सल्लाहकार डा. गणेश गुरुङ्ग तथा संघका कार्यकारी निर्देशको सहभागिता रहेको थियो ।

 

अध्यक्ष घलेले र नायव महानिरीक्षक नवराज शिलवालवीच  भेटः

बैशाख १४ गते अध्यक्ष घलेले र नेपालप्रहरीका केन्द्रीय अनुसन्धान व्यूरोका नायव महानिरीक्षक नवराज शिलवालबीच मानव तस्करी तथा वैदेशिक रोजगारीमा हुने ठगिका बिषयहरुमा छलफल तथा बिचार बिमर्श भयो । संघका अध्यक्ष घलेले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले वैदेशिक रोजगार काल्यणकारी समिति गठन गरी बैदेशिक रोजगारीमा गएकाहरुका समस्याहरु संवोधन गर्न प्रयास गरिरहेको जानकारी दिंदै खास गरी मानव तस्करी सम्बन्धका बिषयहरुमा समन्वय र सहयोग गर्न अष्ट्रलियाकी दीपा राईलाई जिम्मबेवारी दिएको समेत अवगत गराउनु भयो । नायव महानिरीक्षक शिलवालले वैदेशिक रोजगारीमा देखिएका समस्याहरु न्यूनिकरण गर्न गैरआवासीय नेपाली संघले अह्म भूमिका निभाउन सक्ने र आवश्यक सूचनाहरु केन्द्रीय अनुसन्धान व्यूरोमा सिधै उपल्बध गराएमा स्वदेश तथा विदेशमा समेत पीडकहरुलाई कारवाही गर्न सकिने जानकारी दिनुभयो । उहाँले संघलाई खास गरी खाडी मूलूक तथा अफ्रिका महादेशमा स्रोत व्यक्तिहरुको व्यवस्था गरी केन्द्रीय अनुसन्धान व्यूरोसंग सिधै सम्पर्क गर्न सक्ने संजालको विकास गरी सहयोग गर्न अनुरोध समेत गर्नु भयो ।

 

 

 

संघका अध्यक्ष र यूएन ओमनका आवासीय प्रतिनिधिवीच छलफलः

गैरआवसीय नेपाली संघका अध्यक्ष शेष घले तथा संयुक्त राष्ट्रसंघीय महिला कार्यक्रम यूएन ओमनका आवासीय प्रतिनिधि जिहाद सिदिकबीच बैशाख १४ गते छलफल भयो । सो अबसरमा दुवै संस्थावीच अगष्ट ०५, २०१४ मा भएको सम्झौतापत्रको समिक्षा गरियो । सम्झौतापत्रमा उल्लेख भएका पाँच वूँदाहरु मध्ये धेरैको कार्यान्वय भई सकेको र कुनै बिषयहरु कार्यन्वयन हुने क्रममा रहेकाले आगामी दिनमा यसलाई परिमाजर्न गरी अगाडी बढ्न सकिने निष्र्कष निकालियो । अध्यक्ष घलेले संघले भर्खरै राष्ट्रिय पुर्नर्निर्माण प्राधिकरणसाग लाप्राक नमूना बस्ती बिकासका लागि सम्झौता  गरेको अवगत गराउँदै लाप्राकका महिलाहरुको समग्र बिकास तथा उहाँहरुलाई अधिकार सम्पन्न गराउन के कस्ता रणनीति अपनाउन पर्ने हो सो बारेमा यूएन ओमनलाई अग्रसरता लिन आग्रह गर्नुभयो । यूएन ओमनका आवासीय प्रतिनिधिले लाप्राकमा नमूना बस्ती बिकास गर्दा महिलाहरुलाई कसरी सशक्तिकरण गर्न सकिन्छ भन्ने बिषयमा यूएनओमन सकारात्मक रहेको र यसलाई संवोधन गर्न संघ र यूएन ओमन बीचभएको सम्झौतालाई पूनरावलोक गरी परिमार्जन गर्न सकिने सुझाव दिनु भयो । उहाँले संघका महिला संयोजकहरुको सशक्तिकरणमा समेत यूएनओमनले सहकार्य गर्न चाहेको र उहाँहरु मार्फत विश्वभर फैलिएका नेपाली महिलाहरु समक्ष महिला सशक्तिकरणको अभियान संचालन गर्न सकिने समेत औंलाउनु भयो । प्रतिउत्तरमा अध्यक्ष घलेले यूएनओमनसाग भएका सहकार्यहरु उपल्बधीमूलक भएका र यसलाई परिमार्जन गरी बदलिादो परिवेशमा सहकार्यलाई अझ परिमाणमूखी र महिलामैत्रि बनाउन संघ यूएनओमनसाग अझ सशक्त रुपमा सहकार्य गर्न इच्छुक रहेको वताउनु भयो ।

 

संघका अध्यक्ष र नेपाल ओलम्पिक कमिटीका अध्यक्षबीच भेट:

संघका अध्यक्ष घले र नेपाल ओल्मपिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठबीच बैशाख १४ गते संघ र कमिटीबीच भएको सहकार्य सम्बन्धि सम्झौतापत्रमा उल्लेख गरिएका वूँदाहरुलाई कसरी अघि बढाउने भन्ने बिषयमा छलफल भयो । अध्यक्ष घलेले आगामी गैरआवासीय नेपाली दिवसमा संघ र कमिटीको समन्वय र सहकार्यमा के कस्ता कार्यक्रमहरु आयोजना गर्न सकिन्छ भन्नेबारे जिज्ञाशा प्रकट गर्दै अगष्ट २०१६ मा अयोजना गरिने ओलम्पिकमा नेपालको तयारी बारे सोधनी गर्नुभयो । उहाँले क्षमताको आधारमा गैरआवासीय नेपालीहरुलाई पनि ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने अवसरको सृजना गर्न उपयुक्त हुने सुझावदिनु भयो । अध्यक्ष जीवनराम श्रेष्ठले हालै गैरआवासीय नेपाली संघले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसाग नमूना बस्ती बिकास सम्बन्धमा गरेको सम्झौताले नेपाल ओलम्पिक कमिटी गौरवान्वित भएको र यस कार्यलाई सफल पार्न कमिटीको तर्फबाट हरप्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो । साथै संघले आवहान गरेमा नेपाल ओल्मपिक कमिटीका सदस्यहरुलाई समेत निर्माण कार्यमा स्वयंसेवकको रुपमा परिचालन गर्न सकिने सुझाव दिनु भयो । उहाँले नेपालओल्मपिक कमिटीका प्रतिनिधितथा संघको खेलकुद सम्बन्धिउपसमितिबीच गैरआवासीय नेपाली दिवसमा कस्ता सहकार्य गर्न सकिन्छ भनि समन्वय भईरहेको तथा २०१६ को मात्र नभईसम्पूर्ण ओलम्पिक खेलमा क्षमता र दक्षताको आधारमा गैरआवासीय नेपालीहरुलाई सहभागी गराउने वताउनु भयो । उहाँले संघका अध्यक्ष घलेलाई नेपाल ओल्मपिक कमिटीका मनार्थ सदस्यका हैसियतले ब्राजिलमा आयोजना हुने २०१६ को ओलम्पिकमा आमन्त्रण समेत गर्नुभयो ।

 

 

गैरआवासीय नेपाली संघका अध्यक्षको उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसाग भेट:

बैशाख १८ गतेका दिन गैरआवासीय नेपाली संघका अध्यक्ष र उपप्रधानमन्त्री तथा रक्षामन्त्री भिम रावलबीच छलफल तथा भेटघाट भयो । अध्यक्ष घलेले नेपाली सेनाले भूकम्प पीडितहरुका लागि राहत वितरण तथा नाकाबन्दीका कारण भएको अति आवश्यक औषधिको अभावमा संघले नेपाल सरकारका अञ्चल अस्पतालहरुलाई हस्तान्तरण गरेका औषधीको हवाई ढुवानीको लागि गरेको व्यबस्थाहरुको प्रसंशा गर्दै नेपाली सेनालाई धन्यवाद दिनुका साथै आगामीदिनमा हुने पुनर्निर्माणका कार्यहरुमा पनि सहयोग र सहकार्यको आपेक्षा राखेको वताउनु भयो । अध्यक्ष घलेले बिपत्तिका समय गैरआवासीय नेपाली संघ नेपाली सेनासाग सहकार्य गर्न इच्छुक रहेको र यस बिषयमा नेपाली सेनासाग भएको छलफलका आधारमा सम्झौतापत्र तयार पारी अगाडी बढ्न सकिने सोच अनुसार सैद्धान्तिक स्विकृतिका लागि रक्षामन्त्रालय पठाएको समेत अवगत गराउनु भयो । रक्षामन्त्री रावलले गैरआवासीय नेपालीहरुले राष्ट्र तथा राष्ट्रवासीलाई आईपरेका बिभिन्न बिपत्तिहरुका समयमा सहयोग गर्ने काम र भावनाको मुक्त कण्ठले प्रसंशा गर्दै लाप्राकमा नमूना बस्ती बिकासको लागि शुभकामना दिनु भयो । उहाँले आफू र नेपाली सेना बिपत्तिका समयमा पीडितहरुको सहयोग र सेवामा संघसाग सहकार्य गर्न तयार रहेको र हरेक बिपत्तिको समयमा रक्षामन्त्रालयमार्फत नेपाली सेनासाग समन्वय र सहकार्य गर्न सकिने तथा सम्झौतापत्र तयार पारी सेनासाग दीर्घकालीन सहकार्य गर्ने बिष्यमा कानूनी राय समेत लिन पर्ने भएकोले यसको लागि समेत आवश्यक परामर्श लिने वताउनु भयो ।

 

गैरआवासीय नेपाली संघको सचिवालय, काठमाण्डौं ।

मिति: बैशाख २०, २०७३ ।