News

  • Home
  • News
  • कृषि प्रवर्धन उपसमिति अन्तर्गत Project Planning को बैठक सम्पन्नः

कृषि प्रवर्धन उपसमिति अन्तर्गत Project Planning को बैठक सम्पन्नः



गैरआवासीय नेपाली संघको सचिवालयमा कृषि प्रवर्धन उपसमिति अन्तर्गत Project Planning उपसमितिका संयोजक कपिल देव थापाको अध्यक्षतामा बैठक सम्पन्न भयो ।

उक्त वैठकले हाल नेपालको कृषि क्षेत्रमा प्रयोग गरिने उपकरणहरु र विभिन्न प्रयोगमा रहेका बालिहरुको बारे विस्तृत छलफल गरेको थियो । यस बैठकका सहभागीहरुले यस बारे आआफ्ना धारणाहरु राख्नु भएको थियो । सो बैठकले नेपालमा कृषि उत्पादनलाई Collection, Cleaning, Processing, Grading, Labeling, Certification इत्यादि सम्बन्धी सबै प्रकृया पुरा गरि बजारमा Agro Market स्थापना गर्न सातै प्रदेशबाट सूचना संकलन गरि एक परियोजना निर्माण गर्ने निर्णय पनि गरेको छ ।

 

यस बैठकमा संघका उपाध्यक्ष सपीला राजभण्डारी, महासचिव डा. बद्री केसी, कृषि प्रबर्धन उपसमितिका संयोजक युवराज गुरुङ, कृषि प्रबर्धन उपसमितिका सल्लाहकार राजेन्द्र देवकोटा, कृषि प्रबर्धन उपसमिति मध्यपूर्वका संयोजक विनोद घिमिरे र युवा फोरम नेपालका Focal Person श्रीराम घिमिरे को आमन्त्रीत सदस्यको रुपमा उपस्थिती रहेको थियो । बैठकको अध्यक्षता कृषि प्रवर्धन समिति अन्तर्गत Project Planning उपसमितिका संयोजक कपिल देव थापाले गर्नु भएको थियो ।

कृषि प्रवर्धन उपसमिति
गैरआवासीय नेपाली संघ