News

  • Home
  • News
  • एनसिसि बेल्जियमद्वारा सहयोग प्रदानः

एनसिसि बेल्जियमद्वारा सहयोग प्रदानः



१० मई २०१८ का दिन परोपकारी परियोजना अन्तर्गत एनसिसि बेल्जीयमले पोखरा निवासी श्री सुमन देवकोटाको उपचारको लागि सहयोग स्वरुप रु ३,६१,४७४  हस्तान्तर गर्यो ।
राष्ट्रिय समन्वय परिषद बेल्जियमका अध्यक्षको पहलमा केही महिना देखि बेल्जियमको हस्पिटलमा मानसिक रोगबाट पिडित देवकोटाको उपचार भईरहेको थियो ।
एनसिसि बेल्जियमका अध्यक्ष लोक दाहाल, उनकी धर्मपत्नी सीता दाहाल तथा डाक्टर लुक सहित आएको टोलीले गैरआवासीय नेपाली संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि श्री देवकोटालाई उनकी आमाको जिम्मा लगाएको थियो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्व परिषदका अध्यक्ष सपिला राजभण्डारीले सहयोग रकम सुमनकी आमालाई हस्तान्तरण गर्नु भएको थियो ।