News

  • Home
  • News
  • एनसिसि आयरल्याण्डद्वारा आयोजित अन्तर्कृया कार्यक्रम

एनसिसि आयरल्याण्डद्वारा आयोजित अन्तर्कृया कार्यक्रम



२६ डिसेम्वर २०१५ का दिन एनसिसि आयरल्याण्डद्वारा आयोजित अन्तर्कृया कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेको प्रमुख अतिथिको रुपमा सहभागीता रहेको थियो । यस कार्यक्रममा मुख्यतया उहांले गैरआवासीय नेपाली संघले महाभूकम्पबाट प्रभावित भएकाहरुका लागि भवन निमार्ण, हालै नेपालमा नाकाबन्दीका कारण अभाव भएको जीवन रक्षक औषधी नेपाल सरकारलाई उपलब्ध गराईरहेको, नेपालको पयर्टन प्रबर्द्धन, संघको आर्थिक विकास र संघले संचालन गरेका गितिविधिहरुका साथै भविष्यमा संचालन गरिने क्रियाकलापहरु बारेमा सहभागीहरुलाई जानकारी गराउनु भयो । साथै उहाँले एनसिसि आयरल्याण्डले महाभूकम्प र जीवन रक्षक औषधिको लागि सहयोग गरेकोमा आभार प्रकट गर्दै महाभूकम्पमा सहयोग गर्नेहरुलाई खादा ओढाएर सम्मान प्रकट गर्नु भयो ।

 

 

एनसिसि आयरल्याण्डका अध्यक्ष राजन काफ्लेको अध्यक्षाता र कार्यक्रम संचालन एनसिसि आयरल्याण्डका सदस्य करुणा थापाले गर्नु भएको थियो । एनसिसि आयरल्याण्डका सल्लाहकार नवराज कोईरलाले स्वागत मन्तव्य दिनु भएको थियो भने आयरल्याण्डका नेपालीहरुको अवस्था बारे आईसिसि सदस्य गंगाराम कंडेलले प्रकाश पार्नु भएको थियो । यस कार्यक्रममा अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्नु हुने अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य जमुना गुरुङ्गका साथै एनसिसि आयरल्याण्डका पदाधिकारी तथा सदस्यहरु र त्यहाा रहेका गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।

रन्जु वाग्ले थापा

प्रवक्ता

अन्तर्रा्ष्टि्रय समन्वय परिषद

गैरआवासीय नेपाली संघ ।