News

  • Home
  • News
  • आईसीसी अध्यक्ष संग भेटघाट सम्पन्न

आईसीसी अध्यक्ष संग भेटघाट सम्पन्न



गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले एनआरएनए आईसीसीका अध्यक्ष भवन भट्टसंग भेटघाट सम्पन्न गरेको छ । गत शुक्रबार अन्तर्राष्ट्रिय झापाली समाजको निमन्त्रणामा कतारमा सम्पन्न क्षेत्रीय भेला कार्यक्रमका लागि स्पेन हुदै कतार आईपुग्नुभएका अध्यक्ष भवन भट्टसंग एनसीसी कतारले भेटघाट गरेको हो ।
उक्त भेटघाट कार्यक्रममा आईसीसी मध्यपूर्व उप संयोजक, आईसीसी मानार्थ परिषदका सदस्यहरु तथा आईसीसी सदस्यहरू, एनसीसी कतारका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू, उपस्थित रहनुभएको थियो । एनसीसीका अध्यक्ष, उपाध्यक्षहरू र महासचिवले संयुक्त रुपमा खदा लगाई फूलद्वारा उहाँलाई स्वागत गर्नुभएको थियो ।
भेटघाटको क्रममा एनसीसी कतारका अध्यक्ष नविन पोखरेलले एनसीसी कतारको वर्तमान स्थिति, भावी कार्ययोजना बारे संक्षिप्त जानकारी गराउनुभयो भने आईसीसी अध्यक्ष भवन भट्टज्यूले आईसीसीको गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो।
आईसीसीको अध्यक्ष पदमा निर्वाचित भए पश्चात पहिलो पटक कतार आईपुग्नुभएका अध्यक्ष भवन भट्टले एनसीसी कतारको कार्यशैलीको प्रसंसा गर्नुहुदै कतार सानो मुलुक भएकाले पनि आवश्यक परेको बेला यहाँ रहेका सबै नेपालीहरु हरेक अभियानमा सबैभन्दा अगाडि रहेको र छिटो छरितो रुपमा सम्पन्न गरेको स्मरण गराउनुभयो । उहाँले अगाडि थप्नुभयो, नेपालीहरुका समृद्धिका लागि एनआरएनए अभियानमा लागेको छु ।यस कार्यकालका लागि आफ्नो ब्यवसायिक कार्यकारी जिम्मेवारी अन्य दोस्रो व्यक्तिलाई अख्तियारी दिएको छु र त्यसकारण पनि कतार लगायत हरेक एनसीसीले गरेका हितकारी पहल कदमीलाई आईसीसीको माध्यबाट कति पनि ढिलाई नगरी सम्बन्धित निकायबाट सहयोग गर्न सकिने गरी आईसीसी टीम परिचालित भएकाले कुनै पनि आवश्यक सहयोगका लागि कन्जुसाई नगर्नहुन अनुरोध गर्नुभयो । त्यस अवसरमा एनसीसी कतार टीमले एनआरएनए अभियानका पछिल्लो गतिविधि र अन्य विविध विषय प्रति जानकारी लिनुका साथै उहाँ मार्फत सुझाबहरू लिएका थिए ।