News

  • Home
  • News
  • अन्तर्राष्ट्रिय महिला दिवसमा गैरआवासीय नेपाली संघ महिला फोरमको प्रभातफेरि

अन्तर्राष्ट्रिय महिला दिवसमा गैरआवासीय नेपाली संघ महिला फोरमको प्रभातफेरि



आज १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल सरकार महिला, बालबलिका तथा समाज कल्याण मन्त्राललयले आयोजना गरेको प्रभात फेरी कार्यक्रममा गैरआवसीय नेपाली संघ महिला फोरमको सहभागीता रहेको छ ।  भृकुटीमण्डपबाट शुरु भएको र्‍याली भद्रकाली मन्दिर, शहीद ढोका, न्यूरोड हुँदै रत्नपार्क स्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो ।

“आर्थिक सशक्तिकरण सहितको जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण: भन्ने राष्ट्रिय नाराका साथ आयोजना गरिएको र्‍यालीमा सहभागीले ‘महिला हिंसा अन्त्य गरौ”, ‘मानव बेचबिखन रहित समाज निर्माण गरौ” र ‘घर शान्ति नै विश्व शान्तिको आधार’ लेखिएका प्लेकार्ड बोकेका थिए । कार्यक्रममा उपस्थित महिला फोरमका सबैले महिलालाई समान पहँच प्रदान गर्दै संविधान प्रद्धत्त हक अधिकार सुनिश्चित गर्नुपर्ने, महिला सशक्तिकरण, उद्यमशीलता, महिला साक्षरता लगायतमा जोड दिनुपर्ने आवश्यकता औल्याएका थिए  । कार्यक्रममा गैरआवासीय नेपाली संघ महिला संयोजक रजनी प्रधान, ओसेनियाका क्षेत्रिय उप संयोजक प्रीति शर्मा, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य शान्ति कुवँर थापा, राष्ट्रिय समन्वय परिषद रसियाका अध्यक्ष रामेश्वर गौतम, राष्ट्रिय समन्वय परिषद् जर्मनीका महिला उपाध्यक्ष राधा सिग्देल, पूर्व मध्यपूर्व क्षेत्रिय उपसंयोजक धर्मराज गिरि, अमेरिकाका पूर्व अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य सुनिता शर्मा लगायत विभिन्न मुलुकका गैरआवासीय नेपालीहरु र सचिवालयका कर्माचारीहरुको सहभागीता रहेको थियो ।

संघको तर्फबाट प्रभात फेरीमा संलग्न व्यक्तिहरु नेपाल सरकार महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले राष्ट्रिय सभा गृहमा आयोजना गरेको राष्ट्रपति महिला उत्थान कार्यमा कार्यक्रममा सहभागी भएका थिए । सम्माननीय उपराष्ट्रपतिज्यूको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विभन्न संघ संस्थाहरुको सहभागीता रहेको थियो ।

महिला फोरम
अन्तर्राष्ट्रिय समन्वय परिषद
गैरआवासीय नेपाली संघ ।