News

  • Home
  • News
  • अन्तर्राष्टिय महिला दिवसको अवसरमा महिला फोरमद्वारा एक गोष्ठीको आयोजना

अन्तर्राष्टिय महिला दिवसको अवसरमा महिला फोरमद्वारा एक गोष्ठीको आयोजना



१११औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा संघको महिला फोरमले एक गोष्ठकी आयोजना अनलाईन माध्यमबाट गरेको थियो ।  

 महिलाहरूको आर्थिकसामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानको रूपमा महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार” भन्ने राष्ट्रिय लक्ष्य र नेतृत्वमा महिलाः कोभिड १९ को दुनियाँमा समान भविष्यको अधिग्रहण”  भन्ने अन्तर्राष्ट्रिय लक्ष्यका साथ १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको विषयमा आधारीत भएर सो गोष्ठी सम्पन्न भएको छ ।

  
यस गोष्ठीमा सहभागी हुने वक्ताहरुले यस दिवसको अवसरमा हार्दिक शुभकामना बारे मनतब्य दिनु भएको थियो । यस गोष्ठका वक्ताहरुले  कोभिड १९ को महामारीपछि  नेपाल मात्रै नभई विश्वभर बढीरहेका  महिला हिंसा तथा उत्पीडनका कारण चुनौती थप बढेको  र सो चुनौतीलाई सामना गर्न हरेक तह र तप्काबाट हिंसाविरुद्धको आवाज बुलन्द बनाउनु पर्ने र महिलाहरुको पहुँच माथिल्लो निर्णय गर्ने निकाय संग पुग्नु पर्ने बताएका छन् ।

 
गैरआवासीय नेपाली संघ अन्तर्गतको महिला तथा युवा विभाग तथा महिला फोरमका उपाध्यक्ष रवीना थापले  नेपालसहित विदेशमा रहेका नेपाली दिदीबिहनीको हक हित र उनीहरुको सशक्तिकरणका लागि सदैव पैरवी गर्दै आएको र भविष्यमा महिलाहरुको समृद्धिका लागि सक्दो सहयोग गर्ने बताउनु भयो । साथै उहाँले हाल प्रस्तावित विधानमा पनि संघको पदाधिकारी तहमा महिलाहरुको संख्यामा बृद्धी गरी महिलाहरुको योग्यतालाई उच्च मुल्यांकन गरिएको पनि जानकारी गराउनु भयो ।

 

यसरी नै महिला संयोजक भोमा देवी लिम्बुले कोरोना कहरका कारण समस्यामा परेकारोजगारी गुमाएका र गर्भवतीसुत्केरी अवस्थामा अलपत्र परेका सयौँ नेपाली दिदीबहिनीलाई उद्धारराहत र सहयोगका लागि फोरमले अहम भूमिका निर्वाह गरेको बताउनु भयो । गोष्ठमा उहाँले महिला फोरमले नेपालको पूर्व देखी पश्चिममा रहेका खास क्षेत्रहरुमा छात्राहरुको लागि शौंचालय निर्माण गर्न गईरहेको र त्यसमा कतिपय पदाधिकारी तथा सदस्यहरुले सहयोग गर्न भएको छ भने कतिपयले सहयोग गर्ने प्रतिबद्धता समेत जनाइ सक्नु भएको छ । यसैगरी उहाँले नेपालका विभन्न जिल्लाका निम्न आयस्तर र पहुँच नभएका १० जना युवा महिलाहरुलाई वरिष्ता (कफि बनाउने) तालिम दिईसकेको जानकारी गराउनु भयो । उहाँले यस तालिममा थप आर्थिक सहयोग गर्नको लागि अपिल गर्नु भयो । यसरी नै यस तालिमा सहयोग गर्नुहुनेहरुमा उपाध्यक्ष सोनामा लामा रु ५० हजार, सचिव गौरी जोशी रु १ लाखका र बाँकी सहभागीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

नेपालका विभिन्न विकट क्षेत्रमा छात्राहरुको लागि शौचालय बनाउने परियोजना सुरु गर्ने योजना भएको हुँदा यसमा सहयोगहरु जुटीरहेको र यसमा थप सहयोग गर्न सहभागीहरुलाई अनुरोध गर्नु भयो । यस अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले अफ्रिका क्षेत्रबाट १० वटा, युरोपका क्षेत्रीय संयोजक नारायण आचार्यले ५ वटा, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठले मध्यपूर्व बाट ५ वटा, एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपानेले एशिया क्षेत्रबाट ५ वटा, एनसिसि अष्ट्रेलियाका अध्यक्ष केशव कंडेल एनसिसि अष्ट्रेलियाबाट ५ र हङकंगका अध्यक्ष राधिका गुरुङ्गले एनसिसि हङकङ्गबाट ५ वटा शौंचालय निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको छ भने पपुवा न्युगिनियाका नेपाली विज्ञ राज बहादुर शाहीले १ हजार अमेरिकन डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

  यसरी नै अन्य सहभागीहरुले यस परियोजनाका लागि आआफ्नो एनसिसिमा छलफल गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो कार्यक्रममा गैरआवासीय नेपाली संघका पदाधिकारीहरु महिला फोरमका पदाधिकारीहरु तथा सदस्यहरु लगायत अन्य विभिन्न मुलुकका प्रतिनिधिहरुको सभागीता रहेको थियो ।

 

महिला तथा युवा विभाग तथा महिला फोरम

गैरआवासीय नेपाली संघ ।