News

  • Home
  • News
  • अध्यक्ष घलेद्वारा उद्योग मन्त्री तथा अर्थ सचिवसंग भेटवार्ता

अध्यक्ष घलेद्वारा उद्योग मन्त्री तथा अर्थ सचिवसंग भेटवार्ता



काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष श्री शेष घलेले माननीय उद्योग मन्त्री तथा अर्थ सचिवसंग भेटवार्ता गर्नुभएको छ ।  भेटमा अध्यक्ष घलेले नेपाल सरकारले आफूलाई बिषेश दूतको रुपमा मनोनयन गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिन चहान्छु भन्दै यस नयाँ भूमिकामा आफूले सक्दो सहयोग गर्ने तथा आफ्नै खर्चमा विश्व भ्रमण गरी सहयोगको लागि आवहान गर्ने जानकारी दिनु भयो ।  राहत रकम संकलन गर्ने कार्य अत्यन्तै संवेदनशिल बिषय भएको र यस कार्यमा विभिन्न दाताहरुको सहभागीता हुने भएकोले पारदर्शीता र जवाफदेहिता संगसंगै विपन्न वर्ग सम्म यो राहत पुग्न अत्यन्तै जरुरी भएको औंलाउनु भयो । उहाँले दोस्रो चरणको पुर्नवास कार्यक्रम अन्र्तगत करिव ३५ करोड रुपैंयाँको लागतमा एक हजार घर निर्माण गर्ने तयारी भइरहेको जानकारी दिंदै मातृभूमीलाई परेको दु:खमा सदैव गैरआवासीय नेपालीहरु सहयोगी वन्ने बताउनुभयो ।

 

सो अवसरमा माननीय उद्योग मन्त्री महेश बस्नेतले भूकम्प पीडितहरुलाई गैरआवासीय नेपाली संघले पुराएको सहयोगको सरहाना गर्दै हृदय देखिनै धन्यवाद दिन चहान्छु भन्नु भयो । यस कार्यले गैरआवासीय नेपालीहरु आफ्नो मात्रिभूमि तथा देशवासीहरु प्रति अत्यन्तै संवेदनसिल रहेको पुष्टि गरेको तथा नेपालमा आई पर्ने विपत्तिहरुका भरपर्दो सहयोगीको रुपमा आफूलाई स्थापित गर्न सफल भएको वताउनु भयो । उहाँले गैरआवासीय नेपाली संघ हालका दिनहरुमा निकै उचाईमा पुग्नुका साथै चर्चामा रहेको वताउँदै र यसको श्रेय संघका नेतृत्वमा रहेका जिम्मेवार व्यक्तिहरुलाई दिन चहान्छु भन्नु भयो ।यसै गरी अर्थ सचिव सुमनप्रसाद शर्माले नेपाल सरकारले गैरआवासीय नेपाली संघ तथा अध्यक्ष घलेले प्रति ठूलो भरोसा र आशा राखेको जानकारी दिंदै निस्वार्थ भावनाले आफ्नो मत्रिभूमिलाई सहयोग गर्ने कार्मठ मित्रहरु सबैलाई धन्यवाद दिन चहान्छु भन्नु भयो । उहाँले नेपाल सरकारले भूकम्प पीडितको नाममा प्राप्त हुने राहतको व्यवस्थापन गर्न निर्देशिका निकालेको र यसको उदेश्य सहयोगलाई नियन्त्रण गर्न नभई व्यवस्थित र पारदर्शी बनाउनु भएको जानकारी दिनु भयो।

 

गैरआवासीय नेपाली संघको सचिवालय, काठमाण्डौं ।

मिति: २१ जुन, २०१५ ।