परिचयात्मक अन्तरक्रिया कार्यक्रमः
“समृद्धिको आधार कृषि, कृषि अभियानमा गैरआवासीय नेपाली” नाराको मूलभावमा कृषि प्रबर्धन समितिले आगामी कार्यदिशाको पहिचान गर्न नेपालमा रहनु भएका कृषि क्षेत्रका अभियन्ता, चिन्तक, बिष्लेषक, बिज्ञ, उद्यमी, संचारकर्मी र नीति निर्माता जस्ता बिशिष्ट ब्यक्तित्वहरु माझ आज संघको सचिबालयमा एक परिचयात्मक तथा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
बैठकबाट प्राप्त सुझाबहरुलाई समितिले आसन्न युरोपियन बैठक माझ एनआरएन समुदायसँग छलफल गर्नेछ । समितिका सँयोजकको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सचिव श्रीराम घिमिरेद्वारा सन्चालन, उपसँयोजक कपिलदेब थापाबाट स्वागत र संघका उपाध्यक्ष कुमार पन्तबाट धन्यवाद ज्ञापन गरिएको थियो । गैरआवासीय नेपालीहरुले कृषिका के कस्ता क्षेत्रमा चासो राख्न र लगानी गर्न उपयुक्त हुन्छ भन्ने कुरामा लिखत सुझाब माग्न मदन राइज्यू, डा. केशब राज अधिकारीज्यू र डा. अच्युत वाग्लेज्यूलाई अनुरोध गर्ने बारेमा बैठक सहमत भएको छ । कृषिमा लगानी भित्र्याउन तत्काल नीतिगत तहमा सुधारका लागि पहल र दबाब सृजना गर्न पनि समितिले पाइला चाल्नु पर्ने बैठकले औल्याएको छ । छोटो समयमा आयोजित यस कार्यक्रममा आफ्नो अमुल्य समय र सुझाब दिनुहुने देहायका आदरणिय ब्यक्तित्वहरु र कृषि पत्रकारज्यूहरु अनि सचिवालयका सबै सहयोगी साथीहरुमा हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौ ।